back
CTIZAN AD

अमेरिकाले १ हप्ता अघि मात्र लकडाउन सुरु गरेको ३६ हजार भन्दा कम नागरिकको मात्र मृत्यु हुन्थ्यो–अध्ययन

वि.सं.२०७७ जेठ ८ बिहीवार

813 

shares

८ जेठ । कोरोना रोकथाममा हामी सामाजिक दुरी कायम गर्ने, लकडाउनको पालना गर्ने कुरालाई गम्भिर रुपमा लिँदैनौँ तर कोरोना भाइरस विरुद्ध यो कति अनिवार्य हो भन्ने कुरा हालै सार्वजनिक भएको एक तथ्यले पुष्टि गरेको छ ।

अमेरिकाले १ हप्ता अघि मात्र सामाजिक दुरी कायम गर्न बन्दाबन्दी(लकडाउन) सुरु गरेको भए अमेरिकामा मर्नेको संख्या ३६ हजार भन्दा कम हुन्थ्यो भन्ने तथ्य एक अध्ययनले देखाएको छ । कोलोम्बो विश्वविद्यालयको एक अध्ययनले उक्त नयाँ तथ्य बाहिर ल्याएको हो ।

यदि अमेरिकाले शहरहरुमा मार्च १ देखि नै मान्छेहरुले लकडाउन सुरु गरेको भए, त्यहाँका नागरिकले घरमै बसेर लकडाउनको पालना गरेको भए अहिलेको मृत्युमा ८३ प्रतिशत भन्दा कम मात्र मान्छेको कोरोनाका कारण मृत्यु हुन्थ्यो भन्ने उक्त अध्ययनले तथ्य सार्वजनिक गरेको छ ।

अध्ययनका अनुसार पहिल्यै लकडाउन नगरी कुरेर बस्नुको परिणाम अमेरिकी नागरिकले ठूलो क्षति भोग्नु परेको हो । यदि बेलैमा लकडाउनका पालना गरेको भए न्यूयोर्क, न्यू अर्लिन्स र अन्य महत्वपूर्ण सहरहरुमा अप्रिलमा बढेको कोरोना संक्रमण यस्तो डरलाग्दो अवस्थामा पुग्ने थिएन ।

अझ अगाडिबाटै सामाजिक दुरी लागू गरेको भए अझ कम मान्छेको मात्र मृत्यु हुन्थ्यो भन्ने पनि उक्त अध्ययनले देखाएको छ ।

कोरोना संक्रमण बढिरहेको समयमै सानै निर्णय लिँदा पनि कति ठूलो फरक पर्दो रहेछ अर्थात् कति ठूलो संख्यामा मृत्यु घटाउन सकिने रहेछ भन्ने यो तथ्यले देखाएको अध्ययन टिमका जेफ्रि स्यामले बताएका छन् ।

अहिलेसम्म अमेरिकामा ९४ हजार बढी मानिसको मृत्यु भएको छ भने झण्डै १६ लाख नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

(एजेन्सी)

वि.सं.२०७७ जेठ ८ बिहीवार १८:२१ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...