back
CTIZAN AD

नेपालमा आजसम्मको कोरोना अपडेटः झण्डै ३९ हजार पिसीआर परीक्षण, ४५३ संक्रमित र रेडजोनमा ४३५ जना

वि.सं.२०७७ जेठ ८ बिहीवार

852 

shares

८ जेठ, काठमाण्डौं । नेपालमा विहिबार (जेठ ८ सम्म) १ लाख १७ हजार ४३३ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ७०३६ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ३८ हजार ७३८ र आरडिटी प्रविधिबाट ७८ हजार ६९५ जनामा परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३,४१३ र र्यापिड प्रविधिबाट ३,६२३ वटा नमुना परीक्षण गरिएको हो । बुधबारको तुलनामा आज झण्डै १ हजार बढी पिसीआर परीक्षण गरिएको हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ९,८३७ प्रदेश नं २ मा ६०७९, बाग्मती प्रदेशमा १७,४४९, गण्डकी प्रदेशमा ७,०१८, प्रदेश नं ५ मा १०,५६२, कर्णाली प्रदेशमा ७,६६५ र सुदूरपश्चिम प्रदेशमा १९,४८५ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा २५ हजार ३० जना रहेका छन् । जसमा प्रदेश नं १ मा १,३४९, प्रदेश नं २ मा ४,९६६ बाग्मती प्रदेशमा ५२८, गण्डकी प्रदेशमा ५९१, प्रदेश नं ५ मा १४,७६० कर्णाली प्रदेशमा ७४१ र सुदूरपश्चिम प्रदेशमा २०९५ जना रहेको स्वास्थ्य मन्त्रालयले विहिबार (जेठ ७ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

रेडजोनमा ४३५ जना
त्यस्तै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना रेडजोनमा थपिएका छन् । रेडजोनमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

थप नौ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो

आज थपिएका २६ जनासँगै संक्रमितको संख्या ४५३ पुग्यो
नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । नेपालमा आजमात्रै २६ जना नयाँ संक्रमति फेला परेका छन् । जसमा झापा केचनकवलका मात्रै २३ जना नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै धनकुटाका १ पुरुष, धरान उपमहानरगपालिकाकी एक महिला र रुपन्देहीको श्रीलंकन गेष्ट हाउसको क्वारेन्टाइनमा रहेका १ पुरुष रहेका छन् । संक्रमित हुनेमा पुरुष ३८३ र महिला ७० जना रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म संक्रमित व्यक्ति भेटिएका मध्ये प्रदेश १ मा ८४, प्रदेश २ मा १३६, बाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश नं ५ मा १९७, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन् । यी मध्ये ४५ जना निको भएर घर फर्किएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै देशैभरीमा हालसम्म ३८ जिल्लामा संक्रमति भेटिएका छन् ।

आज ४ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या ४९ पुग्यो

आज ४ जना निको भए, निको हुनेको संख्या ४५ पुग्यो
कोरोना संक्रमणबाट मुक्त भएर आज ४ जना घर फर्किएका छन् । उनीहरुसँगै हाल सम्म निको हुनेको संख्या ४९ पुगेको छ ।
काठमाण्डौंको टेकु अस्पतालमा उपचाररत २९ वर्षीया र २५ महिला, ३७, र २७ वर्षीय पुरुष निको भएर घर फर्किएका हुन् । उनीहरु ९ दिनको उपचारपछि डिस्र्चाज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बुधबार मात्रै विराटनगरस्थित कोशी अन्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएका हुन् ।

नेपालमा कोरोनाका कारण तेश्रो व्यक्तिको मृत्यु

नेपालमा कोरोनाका कारण तेश्रो व्यक्तिको मृत्यु
नेपालमा कोरोनाका कारण तेश्रो व्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचाररत मदाने गाउँपालिका ६ गुल्मीका ४१ वर्षीय शिक्षकको आज बिहान मृत्यु भएको हो ।

कंङ्ग देउराली आधारभूत विद्याँलयका प्रधानाध्यापक समेत रहेका उनको आज बिहान भएको मृत्युप्रति दुःख व्यक्त गर्दै प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ ।

उनी जेठ १ गते क्रिमशन अस्पतालमा उपचारका लागि पुगेका थिए । पहिले जन्डिसको समस्या भएको भनिएपनि उनमा पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

लकडाउनपछि कतै नगएका उनलाई कोरोना संक्रमण कसरी भयो भन्नेमा परिवार समेत अचम्ममा परेको छ ।

उनी सामान्य ज्वरो आएपछि गाउँकै पोलिक्लिनकमा चेकजाँच गराएर ज्वरोको औषधि खाएको बताइएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बाँकेका २५ वर्षीय युवा र सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएको थियो ।

अब काठमाण्डौं प्रवेश गर्नेहरुले आरडिटी परीक्षणको रिर्पोट देखाउनु पर्ने
काठमाण्डौं उपत्यकामा प्रवेश गर्ने क्रम वृद्धि हुँदा बढी जनघनत्व भएको काठमाण्डौं उपत्यका क्षेत्र बढी जोखिममा रहेकोले अत्यावस्यक काममा बाहेक काठमाण्डौं उपत्यका प्रवेश निशेध गर्ने तथा आगमन श्रोतमै रोक्ने तथा काठमाण्डौं उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावस्यक प्रयोजनमा बाहेक पूर्णरुपमा सील गरिने बताइएको छ ।

गृहमन्त्री राम बहादुर थापा बादलको अध्यक्षतामा काठमाण्डौं उपत्यकाका मेयरहरु विद्या सुन्दर शाक्य र भत्तपुरका मेयर चिरीबाबु मर्हजन, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, काठमाण्डौं उपत्यका नाका भएका नगरपालिकाका नगरप्रमुखहरु लगायत काठमाण्डौं उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले उक्त निर्णय गरी आवस्यक कार्यान्वयनका लागि पठाईएको बताइएको छ ।

बैठकले काठमाण्डौं उपत्यकामा आवस्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयम् आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडिटी (र्यापिड डाइग्नोष्टिक) परीक्षण गरी सोको रिर्पोट साथ काठमाण्डौं उपत्यका प्रवेशका लागि अनुमति माग्नुपर्ने समेत निर्णय भएको बताइएको छ ।

‘नाका प्रवेशका स्थानीय तह लगायत काठमाण्डौं उपत्यकामा सबै स्थानीय तहहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य संभाव्यस्थलहरुलाई क्वारेन्टाइन वस्ने व्यक्ति स्वयंमले क्वारेन्टाइन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टाइन (होल्ड्रि समेत) प्रयोजनका लागि लगत संकलन र अन्य व्यवस्थापनको कार्य अघि बढाउने ।’ उक्त बैठकको निर्णयमा भनिएको छ ।

 जेठ ७ गतेसम्मको कोरोना अपडेटः साढे ३५ हजारमा पिसीआर परीक्षण, ४२७ संक्रमित, रेडजोनमा ४२७ जना

वि.सं.२०७७ जेठ ८ बिहीवार १८:४८ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...