back
CTIZAN AD

नेपालमा कोरोनाका कारण तेश्रो व्यक्तिको मृत्यु

वि.सं.२०७७ जेठ ८ बिहीवार

747 

shares

७ जेठ, काठमाण्डौं । नेपालमा कोरोनाका कारण तेश्रो व्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचाररत मदाने गाउँपालिका ६ गुल्मीका ४१ वर्षीय शिक्षकको आज बिहान मृत्यु भएको हो ।

कंङ्ग देउराली आधारभूत विद्याँलयका प्रधानाध्यापक समेत रहेका उनको आज बिहान भएको मृत्युप्रति दुःख व्यक्त गर्दै प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ ।

उनी जेठ १ गते क्रिमशन अस्पतालमा उपचारका लागि पुगेका थिए । पहिले जन्डिसको समस्या भएको भनिएपनि उनमा पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

लकडाउनपछि कतै नगएका र बाहिबाट आएका मानिसहरुसँग समेत सम्पर्कमा नगएका उनलाई कोरोना संक्रमण कसरी भयो भन्नेमा परिवार समेत अचम्ममा परेको छ ।  उनी सामान्य ज्वरो आएपछि गाउँकै पोलिक्लिनकमा चेकजाँच गराएर ज्वरोको औषधि खाएको बताइएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बाँकेका २५ वर्षीय युवा र सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएको थियो ।

वि.सं.२०७७ जेठ ८ बिहीवार १५:५३ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...