back
CTIZAN AD

काठमाण्डौंलाई सील गरिँदै, अत्यावस्यक काममा आउनेले आरडिटी परीक्षणको रिर्पोट देखाउनुपर्ने

वि.सं.२०७७ जेठ ८ बिहीवार

780 

shares

७ जेठ, काठमाण्डौं । देशमा कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उपत्यकामा झनै कडाई गर्न थालिएको छ ।

काठमाण्डौं उपत्यकामा प्रवेश गर्ने क्रम वृद्धि हुँदा बढी जनघनत्व भएको काठमाण्डौं उपत्यका क्षेत्र बढी जोखिममा रहेकोले अत्यावस्यक काममा बाहेक काठमाण्डौं उपत्यका प्रवेश निशेध गर्ने तथा आगमन श्रोतमै रोक्ने तथा काठमाण्डौं उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावस्यक प्रयोजनमा बाहेक पूर्णरुपमा सील गर्ने बताइएको छ ।

गृहमन्त्री राम बहादुर थापा बादलको अध्यक्षतामा काठमाण्डौं उपत्यकाका मेयरहरु विद्या सुन्दर शाक्य र भत्तपुरका मेयर चिरीबाबु मर्हजन, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, काठमाण्डौं उपत्यका नाका भएका नगरपालिकाका नगरप्रमुखहरु लगायत काठमाण्डौं उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरी आवस्यक कार्यान्वयनका लागि पठाईएको बताइएको छ ।
बैठकले काठमाण्डौं उपत्यकामा आवस्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयम् आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडिटी (र्यापिड डाइग्नोष्टिक) परीक्षण गरी सोको रिर्पोट साथ काठमाण्डौं उपत्यका प्रवेशका लागि अनुमति माग्नुपर्ने समेत निर्णय भएको बताइएको छ ।

‘नाका प्रवेशका स्थानीय तह लगायत काठमाण्डौं उपत्यकामा सबै स्थानीय तहहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य संभाव्यस्थलहरुलाई क्वारेन्टाइन वस्ने व्यक्ति स्वयंमले क्वारेन्टाइन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टाइन (होल्ड्रि समेत) प्रयोजनका लागि लगत संकलन र अन्य व्यवस्थापनको कार्य अघि बढाउने ।’ उक्त बैठकको निर्णयमा भनिएको छ ।

वि.सं.२०७७ जेठ ८ बिहीवार १५:२१ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...