back
CTIZAN AD

डा मिनेन्द्र सर्बत्र हाइहाइ, यसरी राखे उनले अडान

वि.सं.२०७७ जेठ ८ बिहीवार

1.2K 

shares

८ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले भारतीय पत्रकारलाई अडान सहितको अन्तरवार्ता दिएपछि संसारभरीका नेपालीले उनलाइ हाइ हाइ गरेका छन ।

‘सीमा सम्बन्धी विषयमा हामी सरकारलाई साथ दिन्छौँ’ भन्ने अडान सहितको अभिब्यक्ति दिएपछि उनि अझ बढि चर्चामा आएका हुन ।
बुधबार नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितलाई समेटेर नेपालको नयाँ प्रशासनीक तथा राजनीतिक नक्सा सार्वजनिक गरेसँगै भारत चिढिएको छ । भारत सरकारभन्दा भारतीय मिडियाहरु बढी उत्तेजित देखिएका छन् । छोरी कुटेर बुहारी तर्साउने भने झैँ, भारतीय मिडियाहरु नेपालले जारी गरेको नक्सालाई भारतले स्वीकार नगर्ने भन्दै चीनको उक्साहटमा नेपालले भारतीय भूमिलाई आफ्नो नक्सामा पारेको आरोप लगाइरहेका छन् ।

भारतीय अनलाइन टेलिभिजन ‘रिपब्लिकवोल्ड डटकम’ले नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालसँग कुराकानी गरेको छ । पत्रकारले सोधेको प्रश्नका जवाफ दिँदै नेता रिजालले ‘नेपालले सार्वजनिक गरेको नक्सा तथ्यको आधारमा भएको’ सार्वजनिक गरेका छन् तर भारतीय मिडियाहरु भने लगातार चीनको दबाबमा भारतीय भूमिमाथि अतिक्रमण गरेको आरोप लगाइरहेका छन् ।

प्रश्नकर्ता पत्रकारले चीन कसैको साथी हुन सक्दैन, चीन अहिले एक्लो छ । चीनले भारतको सीमामा रुचि राख्नु हाँसो लाग्दो छ । यदि तपाईले साँच्चीकै भारतसँग सीमा विवादमा हस्तक्षेप गर्न चाहनुहुन्छ भने यो कहिल्यै सम्भव हुने छैन, तपाई सपनामा हुनुहुन्छ । लिपुलेक, कालापानी, जुन भारतको सीमा क्षेत्रभित्र पर्छ, एउटा यस्तो ठाउँ हो, जुन भारतका लािग चीनमा नजर राख्ने सामरीक महत्वको छ । सो ठाउँलाई ४०–५० वर्ष देखि भारतले प्रयोग गर्दै आएको जिकिर गर्दै अस्वभाविक रवाफ देखाएका छन् । (हेर्नुहोस् भिडियो )

पत्रकारले विषयवस्तुबारे भन्दा आफ्नै कुरालाई प्रमाणित गर्न लगातार दबाब दिएको देखिन्छ । यस कुरामा नेता रिजालले डटेर नेपालले तथ्यको आधारमा नयाँ नक्सा जारी गरेको स्पष्ट पारेका छन् ।

नेपालको प्रधानमन्त्रीले चीनबाट आएको भाइरस राम्रो, भारतबाट आएको नराम्रो भनेर किन भन्यो भन्ने प्रश्न गर्दै नेपाल चीनकै अधिनस्थ देश भएको भन्नेमा जर्बजस्त बकाउन खोजेको देखिन्छ । नेता रिजालले यो प्रश्नमा आफू प्रतिपक्षी दलको भएपनि अरु कुरामा प्रधानमन्त्रीले के बोल्नु भयो किन बोल्नु भयो भन्ने जवाफ आफूसँग नभएको तर सीमा सम्बन्धमा सत्ता र प्रतिपक्ष मात्र होइन नेपाल नै एक भएकोले यसविषयमा सरकारलाई सँधै साथ दिने बताएका थिए । यसपछि अझ चिढिएका ती पत्रकारले नेपाललाई चीनको खेलौना सम्म भन्न भ्याएका थिए ।

नेपालले पटकपटक वार्ताका लागि आग्रह गर्दै आएपनि भारतले टार्दै आएपछि मात्र नेपालले सुगौली सन्धिलाई आधार मानेर नेपालको नयाँ नक्सा जारी गरेको हो । नक्सा जारी गरेपछि पनि नेपालले भारतसँग कुटनीतिक र द्विपक्षीय वार्ताद्वारा समस्याको समाधान खोजिने बताएको छ ।
नेपालको राष्टियताको मामिलामा अडानका साथ धारणा राख्न सकेको भन्दै मिनेन्द्रका आलोचकहरुले समेत प्रशंशा गरेका छन ।

वि.सं.२०७७ जेठ ८ बिहीवार १२:०५ मा प्रकाशित

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...