back
CTIZAN AD

 जेठ ७ गतेसम्मको कोरोना अपडेटः साढे ३५ हजारमा पिसीआर परीक्षण, ४२७ संक्रमित, रेडजोनमा ४२७ जना

वि.सं.२०७७ जेठ ७ बुधवार

762 

shares

७ जेठ, काठमाण्डौं । नेपालमा  बुधबार (जेठ ७ सम्म)  १ लाख  १० हजार ५२२ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ६०९६ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ३५ हजार ४९४ र आरडिटी प्रविधिबाट ७५ हजार ७२ जनामा परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २,४८६ र र्यापिड प्रविधिबाट ३०१०  वटा नमुना परीक्षण गरिएको हो  ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ९,६२२ प्रदेश नं २ मा ६,२३४, बाग्मती प्रदेशमा १५,७३१, गण्डकी प्रदेशमा ७,०१८, प्रदेश नं ५ मा ९,७३९, कर्णाली प्रदेशमा ७,६३४  र सुदूरपश्चिम प्रदेशमा १९,०९४ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा २३ हजार २०२ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १३०४, प्रदेश नं २ मा ४,१४४ बाग्मती प्रदेशमा ३५३, गण्डकी प्रदेशमा ४६६, प्रदेश नं ५ मा १४,२६२ कर्णाली प्रदेशमा ७६४ र सुदूरपश्चिम प्रदेशमा १,९०९ जना रहेको स्वास्थ्य मन्त्रालयले  बुधबारको (जेठ ७ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

रेडजोनमा
त्यस्तै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ४२७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ जना  थपिएका छन् । रेडजोनमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

आज थप २५ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो

आज थप २५ जना संक्रमित, संक्रमितको संख्या ४२७ पुग्यो
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।   नेपालमा आज २५ जना नयाँ संक्रमित भेटिएका छन् उनीहरु ३ वर्षे बालकदेखि ४८ वर्षसम्मका  रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमा  बाँकेमा ६ जना थप संक्रमित भेटिएका छन् । उनीहरुमा नरैनापुर गाँउपालिकाका ५ जना पुरुषहरु १७,२०, २८, ३०, ४० वर्षीय र  खजुराका  २७ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी धनकुटामा ५ जना संक्रमित भेटिएका छन् । उनीहरुमा २८,२९,३५,२३ वर्षीय पुरुष र २४ वर्षीया महिला रहेका छन् । उनीहरु सबै धनकुटामै बस्दै आएका छन् ।

त्यसैगरी कपिलवस्तुमा १३ जना संक्रमित भेटिएका छन् । विजयनगरको क्वारेन्टाइनमा बसेका २२, ३५, ४८ वर्षीया पुरुष र महाराजगन्ज गाउँपालिकाका ३, ४ र ६ वर्षीया बालिका, १६,२५ र ३२ वर्षीया महिला तथा १२ वर्षीय बालक, २०, २४ र ३४ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी नवलपरासी (पश्चिम) सुस्ताका गाउँपालिका बेलपानी क्वारेन्टाइनमा रहेका १ २६ वर्षीय  पुरुष रहेका छन् ।  हालसम्म संक्रमित ४२७ जनामा  ३५९ जना पुरुष र ६९ जना महिला रहेका छन् ।  साथै हालसम्म निको भएर घर फर्कनेको संख्या ४५ पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित ?
हालसम्म ३८ जिल्लाका मानिसहरुमा कोरोना संक्रमण देखिएको छ । संक्रमित भएकामध्ये प्रदेश १ मा ५९, प्रदेश २ मा १३६, बाग्मती प्रदेशमा ३६ (एकको मृत्यु) गण्डकी प्रदेशमा ४ प्रदेश ५ मा  १९६ (एकको  मृत्यु) कर्णली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ ।

आज ८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या ४५ पुग्यो

निको हुनेको संख्या ४५ पुग्यो
कूल संक्रमित ४२७ जनामध्ये ४५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
कोशि अस्पतालमा उपचाररत ८ जना २९ देखि ३३ दिनको उपचारपछि   आज डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालय भन्छ-‘निजी स्वास्थ्य संस्थामा पिसीआर टेष्ट गर्दा १५ हजार लाग्छ भनिएको छैन’

मन्त्रालयको ध्यानाकर्षण
स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रमा  कोरोना भाइरसको पिसीआर परीक्षण गर्दा यति खर्च लाग्छ भन्ने कुरा अझै निर्णय भइनसकेको  बताएको छ ।

कोरोना परीक्षणको दायरा बढाउन भन्दै तोकिएको मापदण्डमा निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा पनि ससुल्क कोरोना परीक्षण गर्न सकिने भन्ने निर्णय भएको जानकारीलाई  परीक्षणका लागि १५ हजार शुल्क लाग्ने भनेर  विभिन्न संचारमाध्यममा समाचार बग्यांइएको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबारको नियमित पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनियता  तथा नियमित रिर्पोटिङ गर्ने शर्तमा अनिवार्य  पालना गर्नेगरी  तोकिएको सार्वजनिक स्वास्थ्य संस्थाहरु मार्फत मन्त्रालयले तोकेको रेटमा शसुल्क परीक्षण उपलब्ध गराउने  भन्ने निर्णय  मात्र भएको  जानकारी दिएको छ ।   तर, त्यसका लागि  लागि के कति शुल्क लाग्ने,  प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रबन्ध कसरी अपनाउने लगायतका विषयमा  छलफल  र निर्णय हुन बाँकी रहेको समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

आजसम्म साढे ३२ हजारबढीमा पिसीआर परीक्षण, संक्रमित ४०२, आइसोलसनमा ४५७ र रेडजोनमा ४१२ जना

वि.सं.२०७७ जेठ ७ बुधवार १९:०७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...