back
CTIZAN AD

स्वास्थ्य मन्त्रालय भन्छ-‘निजी स्वास्थ्य संस्थामा पिसीआर टेष्ट गर्दा १५ हजार लाग्छ भनिएको छैन’

वि.सं.२०७७ जेठ ७ बुधवार

912 

shares

७ जेठ, काठमाण्डौं । स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रमा कोरोना भाइरसको पिसीआर परीक्षण गर्दा यति खर्च लाग्छ भन्ने कुरा अझै निर्णय भइनसकेको बताएको छ ।

कोरोना परीक्षणको दायरा बढाउन भन्दै तोकिएको मापदण्डमा निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा पनि ससुल्क कोरोना परीक्षण गर्न सकिने भन्ने निर्णय भएको जानकारीलाई परीक्षणका लागि १५ हजार शुल्क लाग्ने भनेर विभिन्न संचारमाध्यममा समाचार बग्यांइएको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबारको नियमित पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिर्पोटिङ गर्ने शर्तमा अनिवार्य पालना गर्नेगरी तोकिएको सार्वजनिक स्वास्थ्य संस्थाहरु मार्फत मन्त्रालयले तोकेको रेटमा शसुल्क परीक्षण उपलब्ध गराउने भन्ने निर्णय मात्र भएको जानकारी दिएको छ । तर, त्यसका लागि लागि के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रबन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी रहेको समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

‘सार्वजनिक अस्पतालमा लामबद्ध भएर समय खेर फाल्न नचाहाने र भिडभाडमा गएर जोखिम मोल्न नचाहाने स्वदेशी तथा विदेशीहरुको अनुरोधमा नै मन्त्रालयले शशुल्क परीक्षणको व्यवस्था गर्न लागेको हो,’ स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘निशुल्क परीक्षण गराउने कि शशुल्क गराउने सो व्यक्तिको इच्छामा भरपर्ने कुरा हो । ससुल्क परीक्षण गर्ने संस्थाहरुले परीक्षणका लागि तोकिएको सम्पूर्ण मापदण्ड पुर्याएको हुनुपर्छ र यहाँबाट भएका परीक्षणहरुको गोपनियता कायम गर्दै नियमित रिपोर्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनु पर्नेछ ।’

वि.सं.२०७७ जेठ ७ बुधवार १८:०३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...