back
CTIZAN AD

आजसम्म साढे ३२ हजारबढीमा पिसीआर परीक्षण, संक्रमित ४०२, आइसोलसनमा ४५७ र रेडजोनमा ४१२ जना

वि.सं.२०७७ जेठ ६ मंगलवार

798 

shares

६ जेठ, काठमाण्डौं । नेपालमा मंगलबार (जेठ ६ सम्म) ३२ हजार ६०४ जनामा कोरोना परीक्षण गरिएको छ । ३२ हजार ६०४ जनामा गरिएको परीक्षणमा हालसम्म कोरोना संक्रमतिको संख्या ४०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म र्यापिड डाइग्नोष्टिक र पिसीआर प्रविधि दुवैबाट १ लाख ७ हजार ३५३ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट २,२८०, र र्यापिड प्रविधिबाट ७४ हजार ६४९ जनामा परीक्षण गरिएको हो । २४ घण्टामा कूल परीक्षण ७,३६९ जनामा गरिएको हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ९,४७३ प्रदेश नं २ मा ९,२१६, बाग्मती प्रदेशमा १३,२१६, गण्डकी प्रदेशमा ६,९५७, प्रदेश नं ५ मा ९,३५३, कर्णाली प्रदेशमा ७,३५३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार ८६० जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा २१ हजार ६२३ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ११७८, प्रदेश नं २ मा ३,४८१ बाग्मती प्रदेशमा ३३२, गण्डकी प्रदेशमा ३५९, प्रदेश नं ५ मा १३,६३८ कर्णाली प्रदेशमा ६९९ र सुदूरपश्चिम प्रदेशमा १,९३६ जना रहेको स्वास्थ्य मन्त्रालयले मंगलबार (जेठ ६ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेशन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेशनमा ४५७ जना रहेका छन् । जसमा उपत्यकामा १७ जना र बाहिरका अस्पतालमा ४४० जना रहेका छन् । उनीहरुमा प्रदेश १ मा ४०, प्रदेश २ मा १३७, बाग्मती प्रदेशमा ७८ र गण्डकी प्रदेशमा २ र प्रदेश नम्बर ५ मा १८८, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ११ जना जना रहेका छन् ।

त्यस्तै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ४१२ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जना थपिएका छन् । रेडजोनमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

काठमाण्डौका तीनसहित थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०२ पुग्यो

संक्रमितको संख्या ४०२ पुग्यो
नेपालमा आज थपिएका २७ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । उनीहरुमा ३४० जना पुरुष र ६५ जना महिला रहेका छन् ।

त्यस्तै आज संक्रमण पुष्टि भएका २७ जनामा १७ देखि ४४ वर्ष उमेरका रहेका र उनीहरुमा २४ पुरुष र ३ महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, ललितपुर १, काठमाण्डौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, कपिलवस्तु ४, सिन्धुली १, लम्जुङ १ र नवलपरासीका १ जना सहित जम्मा २७ जनामा संक्रमण देखिएको हो ।
उनीहरुको कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

७ वटै प्रदेशका ३६ जिल्लाका व्यक्तिमा संक्रमण
हालसम्म संक्रमित भएकामध्ये प्रदेश १ मा ५४, प्रदेश २ मा १३६, बाग्मती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४ प्रदेश नं ५ मा १७६ र कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ । कर्णाली प्रदेशको दैलेख आठविसमा सोमबार १ जना संक्रमित भेटिएका हुन् । उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

निको हुनेको संख्या ३७ पुग्यो
नेपालमा आज (जेठ ७) सम्म संक्रमित भएकाको संख्या ४०२ पुगेको छ । ती मध्ये निको हुनेको संख्या ३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोशी अन्चल अस्पतालबाट झापाका ६५ वर्षीय पुरुष २५ औं दिनको उपचारपछि निको भएर घर फर्किएका हुन् ।

प्रदेश २ र ५ मा १०-१० जनाको को चिकित्सकसहितको टोली पठाइने
स्वास्थ्य मन्त्रालयले प्रदेश २ र ५ का कोरोनाबाट अतिप्रभावित क्षेत्रका लागि काठमाण्डौंबाट १०–१० जना चिकित्सकको टोली पठाउने भएको छ । उनीहरुले अति प्रभावित क्षेत्रमा खटिएर काम गर्ने बताइएको छ ।

कालीमाटी क्षेत्रमा १०३६ नमुना परीक्षण
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा कालिमाटी क्षेत्रमा १०३६ नमुना परीक्षण गरिएको छ । जसमा र्यापिड प्रविधिबाट ७ सय र पिसीआर प्रविधिबाट ३३४ वटा नमुना परीक्षण गरिएकोमा सबै पिसीआर रिर्पोट नेगेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै सरसफाईक्षेत्रमा खटिएकाहरुमा गरिएको ९३१ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पिसीआर प्रविधिबाट ६६४ जनामा गरिएको थियो । जसमा ३१ जनामा पोजेटिभ देखिएको थियो । २६७ जनामा गरिएको पिसीआर परीक्षणमा सबैजनामा नेगेटिभ रिर्पोट आएको थियो ।
त्यसैगरी भुकृटीमण्डप क्षेत्रमा र्यापिड प्रविधिबाट ४५२ जनामा परीक्षण गरिएकोमा ३२ जनामा पोजेटिभ देखिएको छ । उनीहरुमा २४६ जनाका पिसीआर परीक्षण गरिएको छ । उक्त रिर्पोट आउन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी गंगवु क्षेत्रमा पनि कोरोना परीक्षण गरिएको छ । उक्त क्षेत्रमा ४२० र्यापिड टेष्ट गरिएकामा १५ जनामा पोजेटिभ देखिएको छ । उनीहरुमा १७२ जनामा पिसीआर परीक्षण गरिएकामा रिर्पोट आउन बाँकी रहेको छ ।

नेपालमा आजसम्म १ लाख बढीमा कोरोना परीक्षण, ३५९ संक्रमित, आइसोलेसनमा ४१२ र रेडजोनमा ४०५

वि.सं.२०७७ जेठ ६ मंगलवार १८:४५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...