६ जेठ, काठमाण्डौं । बुटवल महानगरपालिकाले बुटवलका केही घरधनीलाई कारबाहीको चेतावनी दिएको छ ।
उपमहानगरपालिकाले क्रिमशन अस्पताल लगायतका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई केही घरधनीले घर छोड्न दवाव दिएको गुनासो आएको भन्दै यस्तो नगर्न सचेत गराएको छ ।
उपमहानगरपालिकाले यदि यस्तो व्यवहार प्रदर्शन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार काबाही गरिने चेतावनीसहितको सूचना जारी गरेको छ ।

वि.सं.२०७७ जेठ ६ मंगलवार १६:५७ मा प्रकाशित





























