back
CTIZAN AD

नेपालमा आजसम्म १ लाख बढीमा कोरोना परीक्षण, ३५९ संक्रमित, आइसोलेसनमा ४१२ र रेडजोनमा ४०५

वि.सं.२०७७ जेठ ५ सोमवार

675 

shares

५ जेठ, काठमाण्डौं । नेपालमा सोमबार (जेठ ५ सम्म) १ लाख २८३ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४,३४९ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ३० हजार ७२३ र आरडिटी प्रविधिबाट ६९ हजार ५६० जनामा परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट २५५८ र र्यापिड प्रविधिबाट १७९१ नमुना परीक्षण गरिएको हो । आइतबारको तुलनामा १०८९ बढी पिसीआर टेष्ट गरिएको हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ९,२१७ प्रदेश नं २ मा ६०२८, बाग्मती प्रदेशमा ११,९२३, गण्डकी प्रदेशमा ६,९३२, प्रदेश नं ५ मा ९,१३२, कर्णाली प्रदेशमा ७,५८० र सुदूरपश्चिम प्रदेशमा १८,७५४ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा २० हजार ९० जना रहेका छन् । जसमा प्रदेश नं १ मा ११८०, प्रदेश नं २ मा ३०८० बाग्मती प्रदेशमा २८५, गण्डकी प्रदेशमा ३९३, प्रदेश नं ५ मा १२,८१५ कर्णाली प्रदेशमा ७०७ र सुदूरपश्चिम प्रदेशमा १,६३० जना रहेको स्वास्थ्य मन्त्रालयले सोमबारको (जेठ ५ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेशन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेशनमा ४१२ जना रहेका छन् । जसमा पछिल्लो २४ घण्टामा ६६ जना बढेका हुन् । आइसोलेसनमा रहेकाहरुमा उपत्यकामा २६ जना र बाहिरका अस्पतालमा ३८६ जना रहेका छन् । उनीहरुमा प्रदेश १ मा २७, प्रदेश २ मा १३३, बाग्मती प्रदेशमा ७०, गण्डकी प्रदेशमा १ र प्रदेश नम्बर ५ मा १९० र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।
त्यस्तै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ४०५ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना थपिएका छन् । रेडजोनमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

कुन प्रदेशमा कति संक्रमित
हालसम्म संक्रमित भएकामध्ये प्रदेश १ मा ४०, प्रदेश २ मा १३२, बाग्मती प्रदेशमा १८(एकको मृत्यु) गण्डकी प्रदेशमा ३ प्रदेश ५ मा १५९ (एकको मृत्यु) र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ । सातैवटा प्रदेशमध्ये कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

थप ५२ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३५९ पुग्यो


संक्रमितको संख्या ३५९ पुग्यो
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३५९ पुगेको छ । नेपालमा आजमात्रै ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सप्तरीका ९ जना, बाँकेको भेरी अस्पतालमा परीक्षण गरिएका ४७ जना ( पुरुष–४६, महिला–१), भैरहवा अस्पतालमा गरिएको नमुना परीक्षणमा गुल्मीमा १, विराटनगर अस्पतालमा गरिएको परीक्षणमा मोरङका १ र धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका १, रौतहटका १, दाङका १ र धादिङका १ जना रहेका छन् । उनीहरुको सबै १८ देखि ४६ वर्ष उमेरका रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।  कूल संक्रमित मध्ये हालसम्म ३६ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ । बाँकी ३२१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हालसम्म ३१ जिल्लामा संक्रमति भेटिएका छन् ।

नेपालमा हालसम्म झण्डै ९६ हजारमा कोरोना परीक्षण, २ को मृत्यु, २९२ जनामा संक्रमण तथा आइसोलेसनमा ३४६ जना

वि.सं.२०७७ जेठ ५ सोमवार १८:०५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...