back
CTIZAN AD

नेपालमा हालसम्म झण्डै ९६ हजारमा कोरोना परीक्षण, २ को मृत्यु, २९२ जनामा संक्रमण तथा आइसोलेसनमा ३४६ जना

वि.सं.२०७७ जेठ ४ आइतवार

669 

shares

४ जेठ, काठमाण्डौं । नेपालमा सोमबार (जेठ ४ सम्म) ९५ हजार ९२५ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ३,४८९ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट २८ हजार १६० र आरडिटी प्रविधिबाट ६७ हजार ७६९ जनामा परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट १४६९ र र्यापिड प्रविधिबाट २०२० नमुना परीक्षण गरिएको हो । यो संख्या शनिबारको तुलनामा केही घटेको हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ९,१८६ प्रदेश नं २ मा ६०००, बाग्मती प्रदेशमा ११,२५७, गण्डकी प्रदेशमा ६,९३२, प्रदेश नं ५ मा ८,७५१, कर्णाली प्रदेशमा ७,३७२ र सुदूरपश्चिम प्रदेशमा १८,४०५ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १८ हजार ३५७ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ९४७, प्रदेश नं २ मा २,६१३ बाग्मती प्रदेशमा २२७, गण्डकी प्रदेशमा ३६०, प्रदेश नं ५ मा ११,९४८ कर्णाली प्रदेशमा ६३४ र सुदूरपश्चिम प्रदेशमा १६२८ जना रहेको स्वास्थ्य मन्त्रालयले आइतबारको (जेठ ४ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेशन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेशनमा ३४६ जना रहेका छन् । जसमा उपत्यकामा ३५ जना र बाहिरका अस्पतालमा ३११ जना रहेका छन् । उनीहरुमा प्रदेश १ मा २४, प्रदेश २ मा १२२, बाग्मती प्रदेशमा ७१, गण्डकी प्रदेशमा १ र प्रदेश नम्बर ५ मा ११७ र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।

त्यस्तै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३८२ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना थपिएका छन् । रेडजोनमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

कुन प्रदेशमा कति संक्रमित
हालसम्म संक्रमित भएकामध्ये प्रदेश १ मा , प्रदेश २ मा १०९, बाग्मती प्रदेशमा १६, गण्डकी प्रदेशमा ३ प्रदेश ५ मा १०९ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ । सातैवटा प्रदेशमध्ये कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

संक्रमितको संख्या २९२ पुग्यो
नेपालमा आज बिहान थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २९२ पुगेको हो । उनीहरुमा २३६ जना पुरुष र ५५ जना महिला रहेका छन् । पछिल्लोपटक थपिएका एक संक्रमित पुष्टि भएका बाँकेका युवाको मृत्यु भएको छ ।  उनीसहित संक्रमितको संख्या २९२ पुगेको हो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान थपिएका १० सहित संक्रमितमध्ये रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२,४८ वर्षीय पुरुषहरु र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३०, ३३ वर्षीय पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी २९२ जनामा हालसम्म निको हुनेको संख्या ३६ पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित छन् त ?
नेपालमा हालसम्म संक्रमति भएका २९२ जनामध्ये प्रदेश १ मा ३६, प्रदेश २ मा १२१, बाग्मती प्रदेशमा १७ जना, एकको मृत्यु, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १०९, एकको मृत्यु र सुदूर पश्चिम प्रदेशमा ५ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । जसमा २३६ पुरुष र ५५ जना महिला रहेका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट बाँकेका एक युवाको मुत्यु भएको छ ।
भारतबाट आएका बैशाख ३० गते भारतबाट आएका ती युवालाई क्वारेन्टाइनमा राखिएको थियो । उनको आइतबार बिहान ६ः३० मा मृत्यु भएको हो । श्वास प्रस्वासमा समस्या तथा वान्ता समेत गरेका उनको शनिबार नै श्वाव संकलन गरेर नमुना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ती युवामा कोरोना पोजेटिभ देखिएको थियो ।

शनिबार मात्रै कोेरोना संक्रमणकै कारण सिन्धुपाल्चोककी २९ वर्षीया एक सुत्केरीको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको थियो ।

बाँकेका युवाको पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि

भारत सरकारद्धारा ३० पिसीआर किट हस्तान्तरण
भारतले कोरोना संक्रमण तथा नियन्त्रणका लागि नेपाललाई ३० हजार पीसीआर कीट हस्तान्तरण गरेको छ ।
उक्त कीट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आइतबार हस्तान्तरण गरेका हुन् ।

थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

वि.सं.२०७७ जेठ ४ आइतवार १८:२३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...