back
CTIZAN AD

क्वारेन्टाइन डायरी : कोभिड– १९, संक्रमण र भ्रम

वि.सं.२०७७ जेठ ४ आइतवार

771 

shares

झट्ट हेर्दा त्यो चिन्ता स्वभाविक नै हो, तथापी कोरोनाको कुनै उपचार नै हुँदैन, बिना लक्षण के को उपचार गर्ने ? तसर्थ यसमा आत्तिनु पर्ने र चिन्तित हुने भन्दापनी आफुभित्र रोग प्रतिरोधात्मक सामर्थ्य रहेको कुरामा ध्यान दिनु पर्दछ।

धेरै साथिहरुका गुनासा र जिज्ञासाहरु हुन्छन्, ‘मलाई केहिपनी भएको छैन, तर रिपोर्ट पोजिटिभ आयो।’
‘साथिको पोजिटिभ रिजल्ट आएछ हाम्रो के होला ?’, ‘पोजिटिभ रिजल्ट त आयो तर मेडिकल कमिसनले घर मै बस्न भनेको छ।’, ‘पोजिटिभ भएर क्वारेन्टाइनमा राखिएको त छ तर कुनै उपचार नै हुँदैन।’ यस्ता धेरै जिज्ञासाहरु आम रुपमा आउने गरेका छन्।

यी जिज्ञासाहरुबारे मेरो दृष्टिकोण राख्नु पूर्व सारांशमा अस्पताल र क्वारेन्टाइन विचको फरक र भ्रमबारे उल्लेख गर्न चाहन्छु।

धेरै साथिहरुलाई अस्पताल र क्वारेन्टाइन एउटै हो भन्ने भ्रम रहेको पाएको छु। कतिपय साथिहरुको जिज्ञासा हुने गर्दछ कि ‘क्वारेन्टाइनमा ल्याएर राखेको छ, तर न चेकजाँच गर्नलाई डाक्टर आउँछन् न त नर्सहरु नै’।

क्वारेन्टाइन भनेको अस्पताल होईन। कुनै सरुवा रोगको सम्भावना वा संक्रमणको आशंका देखिएमा निश्चित अवधिको लागि अलग्गै राखिने थलो वा अवस्थालाई क्वारेन्टाइन भनिन्छ। यस्तो अवस्थितिमा ‘चिकित्सा सहायता टोली(डाक्टर नर्स) हुनै पर्छ भन्ने हुँदैन। तर आवस्यक परेको खण्डमा मेडिकल सहायता नै नपाईने भन्ने पनि हुँदैन। त्यसैले आवस्यकता र अपरिहार्यताको आधारमा कोड गरिने क्वारेन्टाइन र अस्पताल फरक हुन्।

क्वारेन्टाइन सेन्टरलाई लिएर समेत भ्रमहरु छन्। नेपालमा लकडाउन छ सबै नागरिक किन आ-आफ्नै घरमा बसेका छन् भन्ने प्रश्नको उत्तर खोज्ने हो भने क्वारेन्टाइनको अर्थ अझ स्पष्ट हुन्छ। क्वारेन्टाइन सेन्टरहरु विषेशगरी आप्रबासीहरुलाई लक्षित गरी कायम गरिएका हुन्छन्। किनकी अधिकांश आप्रबासीहरुको बसाई भौतिक दुरीको निश्चित मापदण्डभन्दा फरक हुन सक्छ, जबकी कोरोनाको पहिलो र महत्वपूर्ण उपचार भनेकै भौतिक वा सामाजिक दुरी कायम गर्नु नै हो।

अर्को कुरा क्वारेन्टाइन भनेको एक्लै बस्नुपनि होईन, निश्चित दुरीमा एक्लाएक्लै बस्ने व्यबस्था हो। तसर्थ आवस्यक दुरी कायम गरि व्यबस्थित रुपमा केही वा दर्जनौंलाई राखिएको विषयमा नि डराउनु पर्ने र सशंकित हुनु पर्ने कारण नै हुँदैन। आफ्नै घरमा निश्चित र आवस्यक दुरी र सतर्कता अपनाउन सक्ने अवस्था छ भने त्योपनि क्वारेन्टाइन नै हुन्छ।

मुख्य कुरा,
चिकित्सा शास्त्रको परिभाषा र वर्गीकरण के छ त्यो त मलाई ज्ञान छैन, यधपी म स्वयं कोभिड-१९ को संक्रमीत व्यक्ती भएको नाताले विषेशत: कोरोना संक्रमितलाई मैले तीन वर्गमा राखेर बुझ्ने गरेको छु।

पहिलो वर्ग :
दीर्घरोगी, वृद्ध, बालबालिका र रोग प्रतिरोधात्मक शक्ति ह्रास भएकाहरु।
दोस्रो वर्ग :
रोग प्रतिरोधात्मक शक्ति कमजोर भएकाहरु
तेस्रो वर्ग:
कुनैपनी संक्रमणसँग लड्न सक्ने शारीरिक सामर्थ्य भएका मानिसहरु।

कोरोनाको पोजिटिभ रिजल्ट देखिनु नै खतराको संकेत होईन। ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षणहरु सँगै कोरोना पोजिटिभ देखिएमा उपचार प्रकृया आवस्यक पर्दछ, तर त्यो कोरोनाको उपचार नभई देखिएका लक्षणहरुलाई निको पार्ने उपचार मात्र हुन्छ। लक्षणहरुको उपचार पश्चात उसलाई क्वारेन्टाइनमा राखिन्छ। कुनै लक्षण नै देखिएको छैन र पोजिटिभ छ भने क्वारेन्टाइन हुनु आवस्यक छ।

मैले माथी उल्लेख गरेको तीन वर्ग मध्ये पहिलो र दोस्रो वर्ग उपचारसँग जोडिनै पर्ने हुन्छ। म आफुपनि दोस्रो वर्गमा परेर उपचार गराईएको संक्रमित हुँ।

धेरै गुनासा र जिज्ञासाहरु तेस्रो वर्गबाट आएको पाईन्छ। किनकी ‘कोरोना पोजिटिभ त देखियो तर कुनै लक्षण नै छैन अनि मेडिकल कमिसनले ध्यान पनी दिंदैन, कतै घर मै बसीबसी भवितव्यमा परिने त होईन’ भन्ने चिन्ता र भ्रम व्याप्त एवं आम छ।

झट्ट हेर्दा त्यो चिन्ता स्वभाविक नै हो, तथापी कोरोनाको कुनै उपचार नै हुँदैन, बिना लक्षण के को उपचार गर्ने ? तसर्थ यसमा आत्तिनु पर्ने र चिन्तित हुने भन्दापनी आफुभित्र रोग प्रतिरोधात्मक सामर्थ्य रहेको कुरामा ध्यान दिनु पर्दछ।

विश्व स्वास्थ्य संगठन र विभिन्न चिकित्सा माध्यमको अनुसन्धान र मान्यता अनुसार रोगप्रतिरोधात्मक सामर्थ्यको आधारमा कोरोना भाईरस कम्तिमा १४ र बढीमा २८ दिनमा हराएर जान्छ भन्ने मान्ययालाई आत्मासात गरि आफुमा निहित रोग प्रतिरोधात्मक सामर्थ्यलाई अँझ बढाउने कोसिस गर्नु पर्दछ। यदि पोजिटिभ भएरपनी घरमै बस्न आग्रह गरिएको छ भने क्वारेन्टाइनमा अपनाउनु पर्ने सावधानी अपनाएर आफुलाई एकान्तबासमा राख्नु पर्दछ।

मास्कको नियमित प्रयोग, नियमित खानपिन, व्यायाम, सरसफाई र भौतिक दुरी कायम जस्ता पक्षमा ध्यान पुर्याउने हो भने तेस्रो वर्ग हतोत्साहित हुन पर्ने कारण नै हुँदैन, आफु जहाँ बसिन्छ त्यहिंबाट कोरोनालाई हराउन सकिन्छ। कुनै लक्षण देखिएमा मेडिकल इमर्जेन्सी सेवाको सहयोग लिन सकिन्छ।

अन्तमा,
कुनै सुझाव वा जिज्ञासा भए अवस्य दिनुहोला।

वि.सं.२०७७ जेठ ४ आइतवार १८:२२ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...