back
CTIZAN AD

एकहप्तामा नेपालमा कोरोना कहर यस्तो रह्यो

वि.सं.२०७७ जेठ ४ आइतवार

708 

shares

४ जेठ, काठमाडौँ । नेपालमा कोरोना कहर अघिल्लो हप्ता सबैभन्दा दुखद् र दुर्भाग्यपूर्ण रह्यो ।
अघिल्लो शनिबारसम्म १०९ जना रहेकोमा आइतबार वैशाख २८  गते (१० मे)का दिन उदयपुरका एक पुरुषमा कोरोना संक्रमित भएको पुष्टि भयो । यो सँगै संक्रमितको संख्या ११० पुग्यो ।
सोमबार (११ मे ) २४ जना नयाँ संक्रमित थपिएर १३४ पुग्यो ।
मंगलबार (१२ मे) नेपालमा सबैभन्दा बढी संक्रमित थपिए । एकै दिन ८३ संक्रमित थपिए । यसले नेपालमा कोरोना बायोग्राफलाई बढाएर २१७ पु¥यायो ।
बुधबार २६ (१३ मे) जना संक्रमित थपिएर संख्या २४३ पुग्यो ।
बिहिबार १३ (१४ मे) संक्रमित ६ थपिए र २४९ पुग्यो । संक्रमित काठमाडौँमा पनि देखिए ।
शुक्रबार (१५ मे ) १८ जनामा संक्रमण देखियो र संक्रमितको संख्या २६७ पुग्यो । शुक्रबार पनि काठमाडौँका थप एक कोरोना संक्रमित थपिए ।
शनिबार (१६ मे ) नेपालमा कोरोना संक्रमणले चौंथो चरणमा प्रवेश ग¥यो । ९ दिनकी एक सुत्केरीको कोरोनाका कारण मृत्यु भयो, उनी कोरोनाबाट मृत्यु हुने पहिलो नेपाली हुन् । १४ जनामा कोरोनो संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८१ पुग्यो ।
निको हुनेको संख्या ३६ पुग्यो
नेपालमा ( ९ जेठ)  सम्म संक्रमित भएकाको संख्या २५८ पुगेको छ । ती मध्ये निको हुनेको संख्या ३६ पुगेको छ । शुक्रबार डिस्चार्ज भएका १ जनासँगै निको हुनेको संख्या ३६ पुगेको हो ।
कोशी अन्चल अस्पतालमा उपचाररत भोजपुरका उदयपुरका २५ वर्षीय युवा २७ दिनको अस्पताल बसाईपछि शुक्रबार निको भएर घर फर्किएका छन् ।
कोरोना चौंथो चरणमाअर्थात् महामारीको रुपमा प्रवेश
कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

माघ १० गते चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषबाट नेपालमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको थियो भने वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि तेस्रो चरणमा प्रवेश गरेको थियो । नेपालमा संक्रमित बढिरहँदा निको भएर घर फर्किनेको क्रम बढिरहँदा शनिबार चौंथो चरणमा प्रवेश गरेको छ ।

यसअघि सम्म सामान्य मान्दै र लकडाउनको पालना नगर्नेहरु कोरोनाबाट मृत्यु हुन थालेपछि यसले डर बढाएको छ ।

वि.सं.२०७७ जेठ ४ आइतवार १९:११ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...