back
CTIZAN AD

उच्च शिक्षाको ‘हव’ बन्दै नेपाल खुला विश्वविद्यालय

वि.सं.२०७७ जेठ ४ आइतवार

1.2K 

shares

एउटा कसैले गल्ति गरेकोमा वांकी अरुले सजायं भोग्नुपर्ने निर्मम बाध्यता, विद्यार्थीहरुको अध्ययन अनुसन्धानको सहजिकरणमा अलि कमि गरेको, कार्यतालिका वमोजिम वाह्य परिक्षा सञ्चालन हुन् नसकेको र परिक्षाको नतिजा समयमै गर्न नसकेको गुनासोहरु पनि सुनिन्छ र त्यस्तै पनि देखिन्छ । तसर्थ, यस विश्वविद्यालयको प्रथम व्याच बजारको लागि महत्वपूर्ण भएकोले एमफिलका स्कलरहरुको अनुसन्धान काममा सहयोग र सहजीकरणमा प्रथामिकता दिनुपर्ने र भै रहेको र आगामी हुने अध्ययन अध्यापन कार्यलाइ अझ प्रभावकारी वनाउनु पर्ने देखिन्छ । सकारात्मक परिवर्तन निरन्तर भयो रगुणस्तर पि.एच.डी को थालनी भयो भने, नेपाल खुला विश्वविद्यालय उच्च शिक्षाको हब हुने कुरालाई नकार्न सकिदैन ।

पृष्ठभूमि : विद्वान डेभिड९१८६८० का अनुसार ज्ञानको, अग्रगमनका लागि कार्यरत संस्थाहरु नै विश्वविद्यालय हो । १२ औं शताब्दीमा केहि प्रख्यात शिक्षक समूहको सक्रियतामा खुलेको अक्सफोर्ड विश्वविद्यालयले सन् १९६७ का तत्कालिन राजाले फ्रान्समा अध्ययन गर्न गएका विद्यार्थीहरुलाई घर फर्कने आदेश दिए पछी झन् उचाईं लिएको थियो । ज्ञान र अनुसन्धानका भण्डार रहेका अक्सफोर्ड, हार्वर्डको साथै अन्य चर्चित विश्वविद्यालयको शिक्षाबाट नै युरोप तथा अमेरिका राजनैतिक र आर्थिक शक्ति केन्द्रमा रुपान्तरण हुँदै गएको पाइन्छ । पछिल्लो समयमा समृदि हासिल गर्दै रहेका मुलुकहरुले पनि आफ्ना नागरिकहरुलाई ति विश्वविद्यालयहरुमा दिक्षित् गर्न पठाएको पाइन्छ । आजको समयमा विश्वविद्यालयबाट हुने पराम्परागत रुपमा हुने अध्ययन अध्यापन पद्दतिलाई रुपान्तरण गर्दै लागिरहेका छन् । सन् १९६९ मा बेलायतको खुला विश्वविद्यालयले ईच्छुक सवैलाई भर्ना लिनु, सन् २००१ मा अमेरिकाको एम.आइ. टि ले आफ्नो सवै लेक्चर भिडियोहरु विश्वमा निशुल्क र खुला लाइसेन्स उपलब्ध गराउनु, सन् २००२ मा युनेस्कोले खुला पाठ्यपुस्तक अभियान चलाउनु, तथा सन् २०१२ मा विश्वका प्रख्यात विश्वविद्यालयहरु मिलेर वृहत खुला अनलाइन अभियान जस्ता विश्वव्यापी लहरबाट नेपालमा नेपालमा खुला विश्वविद्यालय खोल्न अभिप्रेरित भएको देखिन्छ ।

राजनैतिक हस्तक्षेपका सिकार उच्च शिक्षा र नेपाल खुला विश्वविद्यालयको उदय  :
खासगरी नेपालको पुरानो त्रिभुवन विश्वविद्यालय तथा अन्य विश्वविद्यालयहरुमा राजनैतिक भागवन्डा, विद्यार्थी युनियनको दवदवा, चरम नातावाद र भ्रष्टचारको कारण समुन्नत राष्ट्र निर्माणको मेरुदण्ड मानिएको उच्च शिक्षा अत्यन्तै नाजुक अवस्थामा गुज्रिरहेको छ । सन् १९५९ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको साख दिनप्रतिदिन घटिरहेको छ भने १९९१ मा निजि स्रोत र साधनबाट संचालित गुणस्ताररिय सामुदायिक विश्वविद्यालयको रुपमा चर्चित काठमान्डौ विश्वविद्यालय प्रथम उपकुलपति सुरेशराज शर्माको अवकाशपछी राजनैतिक हस्तक्षेपको चपेटामा परेको सुन्न र देख्न पाइन्छ । अरु बाँकी विश्वविद्यालयहरुमा पनि राजनीतिकरण, रकम असुल्ने र अख्तियारको छानविनमा पर्ने कारण विवादको घेरामा आइरहछन्। नेपालमा नोकरी तथा विभिन्न पेशा व्यवसाय गरेका केहि व्यक्तिहरु विदेशी खुला विश्वविद्यालय अन्तर्गत अध्ययन गर्दै आइरहेका थिए, तर गुणस्तर मान्यतामा प्रश्नहरु देखिएपछी उच्च शिक्षा अध्ययन गर्न भोक भएकाहरुले नेपालमै खुला विश्वविद्याको अपेक्षा गरेका थिए । तसर्थ, राजनैतिक हस्तक्षेपबाट बन्चित गराई दिगो विकासको लक्ष्य २०३० को एउटा साझा स्तम्भ- “गुणस्तरीय र जीवनभर निरन्तर शिक्षालाई’’ सफल वनाउन तथा नेपाली अर्थतन्त्रको दिगो विकास गर्ने उत्प्रेरित तत्व शिक्षा, तालिम, सिप विकास र उधमशिलाताको विकासको लोकतान्त्रिकीकरण गर्ने उद्देश्यले ज्ञान र सीपमा आधारित प्रविधियुक्त जनशक्ति तयार गरी उच्च शिक्षामा सर्वसाधारणको पहुँच पुर्याउन तथा नेपाल सरकारले खुला शिक्षा प्रणालीबाट उच्चस्तरीय अध्ययन, अनुसन्धान गराउन वि.स २०७३ सालमा नेपाल खुला विश्वविद्यालयको स्थापना गरिएको हो ।

भर्नामा मेरिटोक्रेसी र अनुसन्धानमुखी पाठ्यक्रम :
नेपाल खुला विश्वविद्यालयद्वाराविभिन्न विषयमा एमफिलकोभर्ना मागेकोमा सवैलाई पनि प्रवेश परिक्षा सम्वन्धी उत्सुकता जागेर आयो । मेरिट लिस्ट सहितएमफिलको प्रथम वर्षको विद्यार्थीहुँदाज्ञान सहितको उच्च शिक्षा प्राप्त गर्ने अवसरले मन फुरुंग भएको थियो । विद्यार्थी युनियनको दवाबमा भर्ना हुने प्रणाली देखेकोमा मेरिटोक्रेसीबाट मात्र भर्ना र अध्ययन अध्यापन गर्ने परिपाटीले यस विश्वविद्यालयको ओझ बढेको अनुभव गर्न सकिन्छ । प्रथम सेमेस्टरमा सवै विषयहरु अनुसन्धानका सैदान्तिक पक्षसंग सम्वन्धित थिए । सामाजिक सिद्दान्त, अनुसन्धान पद्दतिका गहन पाठ्यक्रमले गर्दा संसारका प्रमुख अनुसन्धात्मक विचार अध्ययन गर्ने मौका मिल्यो । आइ.सि.टि रिसर्चले सवै विद्यार्थीहरुलाई डिजिटल फ्रेन्डली र प्रयोगात्मक सिपको विकास भएको छ र यसलाई अनुसन्धानमा प्रयोग गर्ने क्रममा देखिन्छन । विश्वविध्यलायाले प्रत्येक विद्यार्थीहरुको ई-लाइब्रेरि निर्माण गरिएको छ, जसमा पाठ्यक्रम सम्वन्धित विभिन्न सामाग्रीहरु अध्ययन र छलफल गर्न सकिन्छ । शुरुको दुई बर्ष तीन सेमेस्टर भएको एमफिल तहलाई विश्वविद्यालयको हालकोचार सेमेस्टर प्रणालीलेविषयवस्तुको गहनता झन् बढाएको महशुस गर्न सकिन्छ ।

समन्वय र सहकार्यकोकारण प्रभावकारीअध्ययन, अध्यापन र अनुसन्धान :
अनलाइन मार्फत स्नात्कोत्तर तह र एमफिल तह संचालन गरेको यस विश्वविद्यालयले कक्षा संचालन हुनु भन्दा अगी सवै सरोकारवालाविचमा अन्तरक्रिया कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रमले सवैमा फेस टु फेस चिनजान गर्ने,विश्वविद्यालयको उदेश्य जानकारी गराउने, पाठ्यक्रमको परिचय गर्नेरगराउने, शिक्षण पद्दति र ई सर्चिंग सम्वन्धी ज्ञानले आम विद्यार्थीहरुलाई पहिला आफ्नो ज्ञान र सीपमा धेरै अभाव भएको महशुस भएको थियो । विश्वविद्यालयको उपकुलपतिको गुणस्तर शिक्षाको प्रतिवद्दता, डीनहरुको कुशल व्यवस्थापकीय क्षमता र विज्ञता, आइ टि बिज्ञेहरुबाट डिजिटल प्रविधिको ज्ञान तथा दक्ष् प्राध्यापकहरुको उत्प्रेरित अभिमुखीकरणले सवैमा थप हौसला जागेको महशुस हुन्थ्यो । विश्वविद्यालयको कार्यतालिका अनुसार अनलाइन मार्फत भर्तुअल कक्षामा अन्तरक्रिया गर्दा जीवनमा नयाँ केहि गर्दैछु भन्ने लाग्दथ्यो, विश्वविद्यालयको विभागले विषय विज्ञको रुपमा दक्ष प्राध्यापकहरु व्यवस्था गरेको थियो र यदि कुनै विषयको बिमेल देखिएमा वा महशुस गरिएमा विद्यार्थीहरुको समन्वय र सकार्यमा सहजकर्ता प्राध्यापकको परिवर्तनलाई पनि ध्यान दिएर गुणस्तरलाई प्रमुख मोटो वनाएको देखिन्थ्यो । आन्तरिक मूल्यांकनको लागि विद्यार्थीहरुलाई धेरै सक्रिय वनाउने रणनीति, विश्वविद्यालयको विभागमा कार्यसम्पादन मूल्यांकनको ग्राफको पारदर्शिता, आन्तरिक मूल्यांकनको लागि फेस टु फेस आन्तरिक परिक्षा, विषयवस्तुको प्रकृति अनुसार आवश्यकताको आधारमा फेस टु फेस कक्षा संचालन, सफ्टवयर प्रयोग गर्ने सिपको विकास जस्ता गतिविधिहरु अध्ययन अध्यापनका क्रममा महत्वपूर्ण घटनाहरु भएका थिए । सेमेस्टरको पुरै कोर्स सकेपछी पनि विषय मिल्ने विभिन्न फ्याकल्टीका विद्यार्थीहरु मिलेर आफै विषयवस्तु प्रस्तुतिकरण, छलफल र निष्कर्ष सहितको कार्यक्रमले स्कलरहरु वीच हार्दिकता र अध्ययनमा गहनता थपेको थियो । नेपालको शिक्षामा अध्ययन अनुसन्धान कम भै रह्रेको सवैले महशुस गरेका छन् । यस विश्वविद्यालयका एमफिलका विद्यार्थीहरुले सोध गर्नको लागि गाइडको लागि दक्ष प्राध्यापकहरुको रोस्टर वनाई गाइड गर्न तोकियो र रिचार्च कमिटिको सक्रिय समन्यव र सहकार्यमा अनुसन्धानकोचुनौतीलाई पार लगाउने काम तीव्र भैरहेको छ ।

कोभिड-१९ पछी झन् यसको सान्दर्भिकता :
आज कोभिड १९ को कारण विश्वभरका मानिस घरभित्रै कैद छन् । विश्वका करिब ८० प्रतिशत विद्यार्थीहरु स्कुल र कलेज वाहिर रहेका छन् । यो महामारीको समयमा अनलाइन पठनपाठनको अभ्यास तीव्र बनेको छ । नेपालमा पनि निजी विद्यालयहरू तथा कलेजहरु आफूलाई अनलाइन मोडमा लैजान आतुर छन् । तत्कालको समस्या समाधान गर्नको लागि भने पनि धमाधम अनलाइन कक्षाहरु संचालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरु पनि भचुैअल कक्षा चलाउने तयारीमा देखिन्छन । नेपाल खुला विश्वविद्यालयले शुरुमा अनलाइन मार्फत कार्यक्रम सन्चालन गर्दा धेरै चुनौती र आशंकाहरु पनि व्यहोरेको थियो । यो महामारीको अवस्थामा पनि यस विश्वविद्यालयमा अध्ययन र अनुसन्धान गर्ने प्राय सवै सरोकारवालाहरु विश्वविद्यालय फ्याकल्टी र गाइडको सपर्कमा अनलाइन मार्फत आफ्नो गतिविधिहरु गरिरहेका छन् । नेपालका दुरदराजका पेशा व्यवसायमा इन्गेज विद्यार्थीहरुलाई उच्च शिक्षाको पहुँच दिन सफल यो विश्वविद्यालय छोटो समयमै नेपालको उच्च शिक्षाको कोशेढुंगा भएको छ भन्न कन्जुस्याई गर्नु पर्ने कारण छैन ।

निष्कर्ष
नेपाल खुला विश्वविद्यालय स्थापना कालदेखि नै आफ्नो उदेश्यमा लम्किरहेको देखिन्छ । विभिन्न चुनौती र समस्याहरु पार लगाउदै गुणस्तर उच्च शिक्षाको थलो हो भन्ने कुरा यस विश्वविद्यालयमा पछिलो समयमा भर्नाको बढ्दो चापले पनि देखाउँ छ । तर आफ्नो कार्यसम्पादनको क्रममा केहि गल्ति कमजोरी पनि भएका छन् । हरेक काम सिक्दै, कमि कमजोरी गर्दै र फेरी सिक्दै निरन्तरतामा जाने गर्दछ । जस्तै एउटा कसैले गल्ति गरेकोमा वांकी अरुले सजायं भोग्नुपर्ने निर्मम बाध्यता, विद्यार्थीहरुको अध्ययन अनुसन्धानको सहजिकरणमा अलि कमि गरेको, कार्यतालिका वमोजिम वाह्य परिक्षा सञ्चालन हुन् नसकेको र परिक्षाको नतिजा समयमै गर्न नसकेको गुनासोहरु पनि सुनिन्छ र त्यस्तै पनि देखिन्छ । तसर्थ, यस विश्वविद्यालयको प्रथम व्याच बजारको लागि महत्वपूर्ण भएकोले एमफिलका स्कलरहरुको अनुसन्धान काममा सहयोग र सहजीकरणमा प्रथामिकता दिनुपर्ने र भै रहेको र आगामी हुने अध्ययन अध्यापन कार्यलाइ अझ प्रभावकारी वनाउनु पर्ने देखिन्छ । सकारात्मक परिवर्तन निरन्तर भयो रगुणस्तर पि.एच.डी को थालनी भयो भने, नेपाल खुला विश्वविद्यालय उच्च शिक्षाको हब हुने कुरालाई नकार्न सकिदैन ।

(लेखक – नेपाल खुला विश्वविद्यालय, अर्थशास्त्र विषयका एमफिल स्कलर हुन् )

वि.सं.२०७७ जेठ ४ आइतवार १९:२४ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...