४ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार पछिल्लोपटक धनकुटाकी ३४ वर्षीया महिला तथा मोरङ र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुष रहेको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

वि.सं.२०७७ जेठ ४ आइतवार २०:१९ मा प्रकाशित





























