४ जेठ, काठमाण्डौं । सरकारले लकडाउनको अवधि थप गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्मका लागि लकडाउनको अवधि थप गरेको हो ।
आज दिउसो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउनको विकल्प नभएको ठहर गर्दै सरकारलाई लकडाउन थप गर्न सुझाव दिएको थियो ।
लकडाउन लम्ब्याउनुको विकल्प नभएको भन्दै उच्चस्तरीय समितिले गर्यो यस्तो सिफारीस
वि.सं.२०७७ जेठ ४ आइतवार २०:३१ मा प्रकाशित





























