back

क्वारेन्टिनमा बसेका युवाको कोरोना संक्रमणले मृत्यु भएसँगै नरैनापुर बन्द

वि.सं.२०७७ जेठ ४ आइतवार

141 

shares
NTC AD
Global IME AD

४ जेठ, राँझा । क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई आज चारैतिरबाट बन्द गरिएको छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी अवस्थित नरैनापुरमा सङ्क्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएर नरैनापुर बन्द गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा गरिने तयारी भएको छ । उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने उल्लेख छ । ती युवकलाई भारतको मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सीधै क्वारेन्टिनमा राखिएको थियो । नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टिनमा बस्दै आएका वडा नं ५ निवासी युवकले आइतबार बिहान ४ बजेतिर दुई पटक बान्ता गरेलगत्तै अचानक मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनका अनुसार ती युवकसहित भारतबाट नेपाल प्रवेश गरेकाको पिसिआर परीक्षण गर्दा यसअघि नरैनापुर ८ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमित आठमध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टिनका थिए । सङ्क्रमितको सम्पर्कमा रहेका आधारमा नरैनापुरका विभिन्न क्वारेन्टिनबाट शनिबार २६३ को स्वाब सङ्कलन गरिएको थियो । सङ्कलित स्वाबको पिसिआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएको थियो ।

भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले मृत्युको कारण पिसिआर रिपोर्ट पोजेटिभ भएकाले सोहीअनुसार अन्त्येष्टि गरिने बताउनुभयो । पिसिआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारिन्टनमै राखिएको थियो ।

क्वारेन्टिनमा मृत्यु भएपछि नरैनापुरका बासिन्दा थप त्रसित बनेका छन् । उक्त क्वारेन्टिनमा मृतकसँगै अन्य ३८ जनालाई राखिएको थियो । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का एक, वडा नं। ८ का २४ र नरैनापुरका ८ गरी ३३ कोरोना सङ्क्रमित छन् । तीमध्ये २५ को बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा र आठ जनाको दाङको अस्पतालमा उपचार भइरहेको छ ।

भारतबाट आएका नौ क्वारेन्टाइनमा
रुकुमपूर्व– भूमे गाउँपालिकामा भारतबाट आएका नौ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको उत्तर प्रदेशबाट आएका उनीहरुलाई वडा नम्बर ९ को मावि चुनबाङमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए ।

बन्दाबन्दीले भारतमा अलपत्र उनीहरु विभिन्न निकायको सहयोगमा गाडी र कुनै ठाउँ हिँडेर नेपालगञ्ज पुगेका थिए । नेपालगञ्जमा उनीहरुको आरडिटीसमेत गरिएको थियो । आरडिटी नेगेटिभ आएका उनीहरु शनिबार मात्र जिल्लामा पुगेका थिए ।

जिल्लाका अन्य ठाउँमा निर्माण गरिएका सबै क्वारेन्टाइन भरिएपछि नौ जनालाई गाउँपालिकाबाट टाढा पर्ने वडा नम्बर ९ को चुनबाङमा गाउँपालिकाले पठाएको हो । भारतबाट आएकामा वडा नम्बर ८ का तीन र वडा नम्बर ९ का छ जना रहेको वडाध्यक्ष पुनले बताए ।

रुकुमपूर्वमा हालसम्म कसैको पनि पिसीआर परीक्षण गरिएको छैन । आरडिटी गरिएका सबैको रिपोर्ट भने नेगेटिभ आएको छ । रुकुमपूर्वमा हालसम्म १३२ को आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । किट अभावकै कारण क्वारेन्टिनमा बसेका अधिकांशलाई आरडिटी नगरेर घर पठाइएको छ । अझै पनि जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा २७ जना रहेका छन् ।

वि.सं.२०७७ जेठ ४ आइतवार २१:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाली चलचित्रले दर्शकको साथ पाए

नेपाली चलचित्रले दर्शकको साथ पाए

काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले...

आगलागीले हाडबास गाउँ नै सखाप

आगलागीले हाडबास गाउँ नै सखाप

तुलसीपुर (दाङ) । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा...

आयोग पास गरेपनि पढाउने विद्यालय नपाएको नवनियुक्त शिक्षकको दुःखेसो

आयोग पास गरेपनि पढाउने विद्यालय नपाएको नवनियुक्त शिक्षकको दुःखेसो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा...

नवनियुक्त शिक्षकको दुःखेसो-आयोग पास गरेर पनि पढाउने विद्यालय पाएनौँ

नवनियुक्त शिक्षकको दुःखेसो-आयोग पास गरेर पनि पढाउने विद्यालय पाएनौँ

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा...

चैतको पहिलो सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन

चैतको पहिलो सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन

नवलपुर (नवलपरासी सुस्तापूर्व) । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको...

आगलागि पिडितलाई महालक्ष्मी विकास बैंकको राहत

आगलागि पिडितलाई महालक्ष्मी विकास बैंकको राहत

काठमाडौं । महालक्ष्मी विकास बैंकले महोत्तरीको मटिहानीका आगलागि पिडितलाई राहात...