४ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका बाँकेका २५ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
बैशाख ३० गते भारतबाट आएका ती युवालाई क्वारेन्टाइनमा राखिएको थियो । उनको आइतबार बिहान ६ः३० मा मृत्यु भएको थियो । श्वास प्रस्वासमा समस्या तथा वान्ता समेत गरेका उनलाई अस्पताल लैजानका लागि एम्बुलेन्स बोलाउँदै गर्दा क्वारेन्टाइनमै मृत्यु भएको थियो । उनको शनिबार नै श्वाव संकलन गरेर नमुना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ती युवामा कोरोना पोजेटिभ देखिएको थियो ।
शनिबार मात्रै कोेरोना संक्रमणकै कारण सिन्धुपाल्चोककी एक सुत्केरीको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको थियो ।
वि.सं.२०७७ जेठ ४ आइतवार १६:५९ मा प्रकाशित






























