back
CTIZAN AD

भारतीयद्वारा सशस्त्र प्रहरी पोस्टमाथी आक्रमण

वि.सं.२०७७ जेठ ४ आइतवार

855 

shares

४ जेठ, काठमाडौं । झापाको दक्षिण सिमाना कचन कवल गाउँपालिका वाड नं. १ घेरावारी स्थित झण्डु टोलमा रहेको सशस्त्र प्रहरी बलकोे चेक पोस्टमा गएराती भारतीयहरुले आक्रमण गरेका छन । भारतीयले आक्रमण गरेर चौकिमा तोडफोड गर्नुका साथै प्रहरीका साईकलहरु लिएर गएको झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले दिएको जानकारी दिएका छन ।

कचन कवल गाउँपालिका वाडा नं. १ का वडा अध्यक्ष लक्ष्मिनारायण यादवले दिएको जानकारी अनुसार शनिबार राती करिब साढे सात बजे तिर ५० देखि १०० जनाको समुहमा आएका भारतीयहरुले प्रहरीको पोस्टमा आक्रमण गरेका थिए ।

यादबका अनुसार भारतीयहरुले नेपालमा ठेक्कामा खेती गर्ने गरेका छन । अहिले भारतीयहरुले रोपेको मकै पाकेर थन्क्याउने बेला भएको छ । कोरोना भाईरसको माहामरीले गर्दा दुबै देशमा बन्दाबन्दि जरि भएकोले फसल थन्क्याउने कार्यको लागि केहि दिन पहिले नेपालका जनप्रतिनिधिहरु सहित छलफल भएको थियो । उक्त छलफलमा १ जना मात्र भारतीयलाई आउन दिने र नेपाल कै मजदुर प्रयोेग गरि फसल उठाउने सहमती भएको थियो तर त्यो सहमतीको उल्लङ्घन गर्दै सयौंको संख्यामा आएका भरतीयहरुले पोस्टमा आक्रमण गरेका थिए ।

५ जना रहेको उक्त पोस्टका ३ जना सुरक्षाकर्मी खाना खान गएको बेला उक्त घटना भएको थियो । आक्रमण पछि प्रहरीले हवाईफयर गरे पछि भरतीयहरु प्रहरीको साईकल लिएर भागेका थिए ।

आक्रमणकारीहरु भारतको बिहार राज्य अन्तर्गत सुरिभिट्टा ग्रामपञ्चायतबाट आएका थिए । उक्त ठाउँ भारतको बर्भङ्गामा रहेको भरतीय सिमासुरक्षा बलको ठानाको नियन्त्रणमा रहेको क्षेत्र हो । भारतीय सिमा सुरक्षा बल (एसएसबि)ले भारतीय नागरिकलाई नरोकेकोले उक्त घटना भएको स्थानियको भनाई छ ।

घटना भएको भोलिपल्ट आईतबार भएको छलफलमा भारतीयहरु सिमा सुरक्षाबल (एसएसबि) र सुरिभिट्टा ग्राम पञ्चायत प्रमुख सहित बसेको बैठकमा भारतीय पक्षले माफि माग्दै आक्रमणकारीलाई कार्बाहि गरेर नेपाली पक्षलाई जानकारी गराउने र सशस्त्र प्रहरीको लुटिएको साईकल मर्मत गरि फिर्ता गर्ने सहमति भएको वडा अध्यक्ष शाहले जानकारी दिएका छन ।

वि.सं.२०७७ जेठ ४ आइतवार १७:३३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...