back
CTIZAN AD

भिडभाडको फोटो खिचेर अतिरन्जित गर्नु भन्दा भिडभाड व्यस्थापनमा सहयोगी बनौं

वि.सं.२०७७ जेठ ५ सोमवार

1.1K 

shares

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन पाँच नम्बर  प्रदेश समितिकी अध्यक्ष कल्पना थापाले काउन्टरमा भएको भिडभाडको फोटो खिचेर अतिरन्जित गर्नु भन्दा भिडभाड व्यस्थापनमा सहयोगी बन्न कर्मचारी साथीहरूलाई आग्रह गरेकी छन् ।

नेपाल विद्युत प्राधिकरणले दिने जनतालाई दिने सेवा देखि कर्मचारीको हकहितका लागि लगातार आवाज उठाउँदै आएको प्राधिकरणकोआधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनप्रति आक्षेप आएपछि आफू चुप लागेर बस्न नसकेको भन्दै सामाजिक सञ्जालमार्फत १५ बुँदे सुझाव सार्वजनिक गरेकी उनले सो आग्रह गरेकी हुन् ।

असहज ठाउँमा बन्द गर्ने र सहज ठाउँमा काउन्टर खुला राखेर काम गर्ने क्रममा खुला काउन्टरमा भिडभाड बढ्नु स्वभाविक भएको भन्दै प्राधिकरणकै कर्मचारीहरु साथीहरूबाट भिडभाडको फोटो खिचेर अतिरन्जित  गरिनु शोभनीय नहुने  बताएकी छन् ।

“साथीहरू पनि भिडभाडको फोटो खिचेर अतिरन्जित गर्नु भन्दा भिडभाड व्यस्थापनमा सहयोगी बनौ’ उनले सुझावमा भनेकी छन् ।

उनले भूमिकामा भनेकी छन् ‘हिजो जेठ ४ गते विभिन्न वितरण केन्द्रका काउण्टरमा देखिएको भिडभाड, अव्यवस्थितपन र सामाजिक संजालमा नेविप्रा आधिकारिक ट्रेड युनियनप्रती सृजित दुषित वातावरण देख्दा चुप लागेर बस्न सकिएन। केही सुझावहरु दिन चाहान्छु।’

जोजोसँग सम्बन्ध राख्दछ भन्दै उनले सार्वजनिक गरेका १५ बुँदे सुझावमा सरकार देखि कार्यालय प्रमुखसमेतको जिम्मेवारीलाई इंगित गरिएको छ ।

कोरोना भाइरस संक्रमणकै बीचबाट जनतालाई चुस्त सेवा दिनका लागि कर्मचारीको मनोबल बढाउन निरन्तर संघर्षरत रहँदै आएको, कर्मचारीको सुरक्षामा लगातार लागि परेको, लकडाउनका बेला पनि ज्यालादारी कर्मचारीलाई भत्ता खुवाउन सकिँदैन भन्दा पनि तलब खुवाउने पहल गरिरहेको, काउन्टरमा कसरी भिड कम गर्न सकिन्छ, असहज ठाउँमा मिटर रिडिङको बैकल्पिक व्यवस्था के हुन्छ खोजी गरेकै छौँ। कोरोना प्रभावित एरियामा फ्रन्ट लाइनमा काम गर्ने कर्मचारी साथीहरूलाई RDT taste  को पहल गरिरहेको उल्लेख गरेकी छन् ।

कार्यालय खोलिने र नखोलिने कार्यालय प्रमुखको जिम्माको कुरा भएको उल्लेख गर्दै सुरक्षा र प्रोत्साहन, कर्मचारी साथीहरूको मनोवल युनिएनको पहिलो माग भएको र सुरक्षित महसुस भएमात्र सेवा दिने सकिने हुँदा यसमा आधिकारिक ट्रेड युनियनलाई नमुछ्न् आग्रह गरेकी हुन् ।

उनले लेखेकी छन् :

हिजो जेठ ४ गते विभिन्न वितरण केन्द्रका काउण्टरमा देखिएको भिडभाड, अव्यवस्थितपन र सामाजिक संजालमा नेविप्रा आधिकारिक ट्रेड युनियन प्रती सृजित दुषित वातावरण देख्दा चुप लागेर बस्न सकिएन। केही सुझावहरु दिन चहान्छु।

१. हामी साथीहरूको जीवन सुरक्षित गर्न भनेर आफै गएर PPE को खोजी, थर्मल गनको खोजी, काम गरेका सबै साथीहरूलाई भत्ताको ब्यवस्थाको लागि सम्बन्धित ठाउँमा ध्यानाकर्षण र पहल, एक/डेढ महिना मात्रै लकडाउन हुँदा ज्यालादारी साथीहरूलाई बजेट भएन, निकासा आएन भनेर तलब खुवाउन सकिँदैन भनेर केही कार्यालय प्रमुखहरुले भन्दा खुवाउन पहल गरेका छौँ, काउन्टरमा कसरी भिड कम गर्न सकिन्छ, असहज ठाउँमा मिटर रिडिङको बैकल्पिक व्यवस्था के हुन्छ खोजी गरेकै छौँ। कोरोना प्रभावित एरियामा फ्रन्ट लाइनमा काम गर्ने कर्मचारी साथीहरूलाई RDT taste को पहल गरिरहेका छौँ । के हामी आधिकारिक ट्रेड युनियनको पहल होइन यो? कार्यालय प्रमुखदेखि प्रदेश प्रमुखसम्म भेटी/ फोन गरि असहज ठाउँमा बिना सुरक्षा जबरजस्ती कर्मचारीलाई पेलेर काममा लगाउन पाइदैन भनेकै छौँ । केही कार्यालय प्रमुखज्युहरु नयाँ हुनुहुन्छ, अनुभवको कमी छ। कर्मचारी साथीहरूको चाहना, मनोविज्ञान अवगत गराइ आवस्यक समन्वय, परामर्श गर्न सुझाएका छौँ । हाम्रो माग अनुसार असहज ठाउँमा काम बन्द भएका पनि छ्न। महामारी वर्षौंसम्म चल्छ। के बर्षै भरी बन्द गर्ने काम ? कि जिम्मेवार भएर समस्या समाधान गर्ने ?

२.Green zone का DCS हरुमा अनिवार्य रुपमा काउण्टरको भिड व्यवस्थापन गर्न थप जनशक्ति परिचालन गरौं । सामाजिक दुरी कायम गराई सुरक्षित भएर मात्र काम गर्ने वातावरण सृजना गरौं । #safety_first साथीहरू पनि भिडभाडको फोटो खिचेर अतिरन्जित गर्नु भन्दा भिडभाड व्यस्थापनमा सहयोगी बनौं ।

३. सबै वितरण केन्द्रमा हालसम्म Que management system किन लागू भएन? ढिलो भएपनी अब लागू गरि हालौ। जसले ग्राहकलाई सहज बनाउछ।

४. असहज परिस्थितिमा घर घर गई मिटर रिडर गर्नुको बिकल्पको लागि छिटोभन्दा छिटो consumer self meter reading apps or software वा अन्य केही develop गरी कार्यान्वयनमा ल्याउन हाम्रो सूचना प्रविधि विभागलाई द्रुत गतिमा सक्रिय बनाउ।

५. कार्यालय मै गएर महशुल बुझाउन भन्दा अन्लाईनबाट तिर्दा ग्राहकलाई केही अवधिको लागि सहुलियत हुने कुनै योजना ल्याई अन्लाईन पेमेन्टलाई प्रोत्साहन गरौं ।

६. सरकारी कार्यालय वा विल पेस गरि लेखा परिक्षण गराउनु पर्ने संस्थाहरुले eSewa बाट महशुल तिर्दा रसिद नपाउने गुनासो छ। जसले गर्दा वहाँहरुले अन्लाईनलाई भरपर्दो मान्नुहुन्न। कार्यालय मै गएर महसुल तिर्नुपर्ने बाध्यता छ। यसको व्यवस्थापन कसरी हुन्छ चिन्तन गरौं ।

७.असहज स्थानहरुमा ग्राहकहरु आफै महशुल तिर्न आउनुहुन्न, घर मै बस्नुहुन्छ। सहज वातावरण भएर आफुलाई सुरक्षित ठानेर ग्राहकहरु महशुल तिर्न आउनुभएको छ भने कार्यालयमा सुरक्षित वातावरण निर्माण महशुल संकलन गरौं ।

८. हाल कोरोनाले गर्दा साथीहरूको मन भयभित भएको छ। वहाँहरुको सुरक्षाको लागि अनिवार्य रुपमा PPE को व्यवस्था, मास्क, ग्लोभ्स, FACE CAP, पर्याप्त मात्रामा हेण्डवास वा साबुन, सेनिटाइजरको व्यवस्था गरिनुपर्छ ।

९.नोलाइट र मर्मतमा खटिनुभएको साथीहरुलाई जस्तै स्वस्टेशन, मिटर रिडिङ, काउन्टर र लगत, लेखा, प्रशासन जसले लकडाउनमा काम गर्नुभएको छ वहाँहरुलाई समुचित रुपमा जोखिम भत्ताको व्यवस्था गरिनुपर्छ र सम्भव भएसम्म कोरोना जोखिम बिमाको अवधारणा ल्याउनुपर्छ।

१०. सबै कर्मचारी साथीहरू स्ट्यान्ड वाइ आफ्नो घर मै बसेर दुई महिनाको तलब खानुभएको छ ज्यालादारी समेत। काम गर्ने साथीहरूलाई थप भत्ताको कुरा गरेका छौँ । यसको लागि हामी आर्थिक रुपमा निर्भर हुन जरुरी छ।

११. कोरोना महामारी अहिले 6/7 दिनको लागि होइन वर्षैभरि रहिरहने धारणा स्वास्थ्यविदहरुले राख्नुभएको छ। त्यसो भएर हामी काम रोक्ने भन्दापनी सुरक्षित भएर समन्वय गरेर एक ढिक्का भइ खटिन जरुरी छ।

१२. सम्भव भएसम्म लकडाउन अवधिमा अग्रपंक्तिमा रही काम गर्ने साथीहरूको RDT Taste गराइ सुरक्षित महसुस गराइनु पर्छ।

१३.कार्यालय प्रमुख र प्रादेशिक प्रमुखलाई स्थानीय माहोल परिस्थितिको यथार्थ विश्लेषण गरि स्थानीय तहसङ समन्वय गरि काउन्टर/ रिडिङ गराउने वा रोक्ने विषयमा स्वनिर्णयको अधिकार कार्यकारी निर्देशकज्युबाट मौखिक रुपमा प्रदान भएको बुझिएको छ। तसर्थ आआफ्नो कार्यालयको जिम्मेवार स्वयं कार्यालय प्रमुखज्युहरु हुनुहुन्छ । जबरजस्ती सुरक्षा बिना काममा लगाउन पाइदैन भनेर हामी भनीरहेका छौँ । सोही अनुसार कोरोना प्रभावित एरियामा काम रोकिएको पनि छ।

१४.सुरक्षा र प्रोत्साहन, कर्मचारी साथीहरूको मनोवल पहिलो माग हो हाम्रो। सुरक्षित महसुस भएमात्र सेवा दिने हो । कार्यालय खोलिने/नखोलिने कार्यालय प्रमुखको जिम्माको कुरा हो। यसमा आधिकारिक ट्रेड युनियनलाई नमुछियोस।

१५. कोरोनाबाट बच्न अधिकतम सुरक्षा, सतर्कता, स्वनियमको पालना गरौं । यति भन्दै गर्दा हामी सर्वसाधारण जनता मात्र होइनौ सरकारको अङ्ग हौं, अंश हौँ, जिम्मेवार हौँ। विवेक पुर्याएर एकढिक्का भइ आफू पनि बचौं, प्राधिकरणलाई बचाऔं र देशलाई बचाऔं।

वि.सं.२०७७ जेठ ५ सोमवार १७:५२ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...