back
CTIZAN AD

संक्रमण फैलन नदिन स्वास्थ्यकर्मीहरुको भूमिका

वि.सं.२०७७ जेठ ५ सोमवार

837 

shares

संक्रमण फैलन नदिन र महामारी रोकथामको लागि सबै स्वास्थ्यकर्मीहरुको भूमिका अत्यन्तै महत्वपुर्ण छ तथापी स्वास्थ्यकर्मीले अपनाउनुपर्ने न्यूनतम तथा आधारभूत कुराहरु वा सावधानीहरू (Standard Precautions) का अभ्यासहरू छन् जुन सबै स्वास्थ्यकर्मीले बिरामीहरूको देखभालमा प्रयोग गरिनु पर्दछ। यी अभ्यासहरू स्वास्थ्यकर्मीको सुरक्षाको लागि र स्वास्थ्यकर्मीबाट बिरामीहरुमा तथा अन्य व्यक्तिहरुमा संक्रमण फैलाउनबाट रोक्नको लागि तयार गरिएको हो।

बिशेष सावधानी (Standard Precautions) मा निम्न कुराहरु समावेश छन् :
१) हातको सरसफाई (Hand Hygiene)
२) व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको प्रयोग ९उदाहरणका लागि पन्जा, गाउन, मास्क, PPE
३) सुरक्षित इंजेक्शन अभ्यासहरू(Safe Injection Practices)
४) बिरामीको उपचार गर्दा वा सम्भावित दूषित उपकरणहरू वा सतहसंग सुरक्षित ह्यान्डलिंग (Safe Handling of Potentially Contaminated Equipment’s or Surfaces in the Patient Environment)
५) स्वाश- प्रस्वाश सम्बन्धित सरसफाई वा स्वच्छता र खोकी लाग्दा अपनाउनु पर्ने साबधानी (Respiratory Hygiene/cough etiquette)

आइसोलेसनमा अपनाउने साबधानीहरु
आइसोलेसन अन्तरास्ट्रिय मोडेल हो जुनभर पर्दो र पूर्ण बैज्ञानिक छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस वा जीवाणुहरूको प्रसार रोक्नको लागि आइसोलेसन बिधि प्रयोग गरिन्छ । यी सावधानीहरूले रोगीहरू, परिवारहरू, आगन्तुकहरू, र स्वास्थ्यकर्मीहरूलाई जीवाणुहरूको फैलावट हुन्बाट बचाउँछ। आइसोलेसन सावधानीहरू र रोग नियन्त्रण र रोकथाम मार्ग- निर्देशिका (Guidelines for Isolation Precautions)  अनुसार निम्न कुराहरु अपनाउनु पर्दछ।
१) सामान्यतया, कोरोनाबाट संक्रमित बिरामीहरूलाई बिशेष साबधानी अपनाएर अलग्गै राखिन्छ।
२)त्यहाँ अस्पतालको वा आइसोलेसनमा राखेको कोठाको ढोकामा आगन्तुकहरू र स्वास्थ्यकर्मीहरूलाई सम्झाउन एउटा अलगै संकेत वा दिशा निर्देशहरु राखिन्छ जसलाई प्रयोग गर्दा बिशेष सावधानी अपनाउनुपर्छ।
३) सबै स्वास्थ्य सेवाका कर्मचारी र आगन्तुकहरुले यी संकेत र दिशानिर्देशहरु पालना गर्नुपर्दछ।
४) स्वास्थ्यकर्मीहरूले अलग्गै बस्ने कोठामा (आइसोलेसन) खाना खानु हुँदैन वा पिउनु हुँदैन र कोठामा प्रवेश गर्नु अघि र कोठाबाट बाहिर निस्कनु अघि हातहरू राम्रोसंग सफा गर्नुपर्दछ।
५)स्वास्थ्यकर्मीहरुले वा उपचारमा संलग्न व्यक्तिहरुले आइसोलेसन कोठामा मोबाइलको प्रयोग गर्नुहुदैन
६) आइसोलेशनको ठाउँमा भएका कुनैपनि सामानहरु बाहिर ल्याउनु हुदैन र बाहिर
ल्याउनु भन्दा पहिले राम्रोसंग निर्मलीकृत वा डिस्पोजल गर्नुपर्दछ।

श्वासप्रश्वासको स्वच्छता र खोकी लाग्दा अपनाउने साबधानी
श्वासप्रश्वासको स्वच्छता र खोकीलाग्दा (Respiratory Hygiene/Cough Etiquette) अपनाउने साबधानी भन्नाले संक्रमण सम्बन्धी रोकथामका उपायहरू हुन्। स्वास्थ्य सस्थाहरुमा स्वाश(प्रस्वाश सम्बन्धि रोग जस्तैस् इन्फ्लूएन्जा वा चिसोबाट हुने रुघाखोकी (Common Cold) को संक्रमणलाई कम गर्ने किनभने रोगीहरू, कर्मचारीहरू, रआगन्तुकहरूलाई कोरोना संक्रमण भए तुरुन्तै चिन्न नसकिंन पनि सक्छ।
यी साबधानी काम महत्त्वपूर्ण उपायहरूका अंश हुन् जुन रोग फैलनबाट रोक्नको लागि अनिबार्य रुपमा लागु गर्नुपर्दछ।
१) कोरोना भाइरस कसरी सर्छ र कसरी बच्न सकिन्छ भन्ने बिरामीका परिवारहरू, आगन्तुकहरू र हेरचाहमा संलग्न व्यक्तिहरुलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुहोस्।
२) परिवारका सदस्यहरू, आगन्तुकहरू र हेरचाह प्रदायकहरू पनि बिरामी छन भने उनीहरूलाई घरमा नै बस्न भन्नुहोस्।
३) खोकी लाग्यो भने कसरी ढाक्ने र हात धुने बारेमा निर्देशन दिने र चित्रहरूको साथ पोष्ट गरिएका संकेतहरूको प्रयोग गर्नुहोस्।
४) खोक्दा वा हाच्छिउ गर्दा टिस्यु वा रुमालहरूको प्रयोग र प्रयोग गरिएको टिस्यु वा रुमाल ठीक ढंगले डिस्पोज गर्नको लागि निर्देशन दिनुहोस्।
५) खोकी लागेको व्यक्तिलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने सल्लाह दिनुहोस।
६) खोकी वा श्वास प्रणालीको संक्रमण भएको व्यक्तिबाट आफुलाई टाढा राख्ने सल्लाह दिनुहोस।
७) बिरामीसंगको सम्पर्कपछि हात राम्रोसंग धुने । यो बिरामी, परिवारका सदस्यहरू, आगन्तुकहरू, कर्मचारीहरू र हेरचाह प्रदायकहरूमा लागू हुन्छ।
८) तपाईले आफुले जाँच गरिरहेका बिरामीहरू र उनीहरूका आगन्तुकहरूलाई रोग कसरी सर्छ र कसरी सावधानी अपनाउने भन्ने बारे सिकाउनुहोस्।

सामाजिक दुरी कायम गर्रौ। मास्कको प्रयोग गरौ।
साबुन पानीले राम्रोसंग हात धोऔँ।

 

कृपया आपतकालिन प्रयोगको लागि घरमा निम्न चीजहरू राख्नुहोस्
  •  प्यारासिटामोल वा कोडोमोल वा अन्य कुनै एनाल्जेसिकऔषधि,
  •  मल्टिभिटमिन (बी-कम्प्लेक्स, भिटामिन ए, सी, बी6,बी12, डी, जिंक) वा मल्टि भिटामिन
    वा
  •  भिटामिन सी र भिटामिन डी,
  •  जिंक ट्याबलेट,
  • आजिथ्रोमाइसिन ५०० मिलीग्राम (डाक्टरको सल्लाहमा मात्र),
  • एन्ट्यासिड ट्याब्लेट वा रानिटिडाइन / ओमेपरजोल / प्यानटोप्राजोल,
  • मास्क र सेनिटाइजर,
  •  टिशू पेपर,
  •  कोरोना भाइरस संक्रमणको विरूद्ध प्रतिरोध शक्ति बढाउनको लागि कस्ता खानेकुरा खाने बारे यो लिंकमा हेर्नुहोस। (https://www.gmkideas.com/best-foods-to-prevent-corona-virus-2020/
  • नजिकमा रहेको स्वास्थ्य केन्द्र,स्वास्थ्यकर्मी वा एम्बुलेन्सको नम्बरको सम्पर्क नम्बर

वि.सं.२०७७ जेठ ५ सोमवार १८:२७ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...