back
CTIZAN AD

गाउँमा नै रोजगारीको व्यवस्था गर्नुपर्नेमा नेता पौडेलको जोड

वि.सं.२०७७ जेठ ५ सोमवार

696 

shares

५ जेठ, दमौलीं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा नै रोजगारी र आम्दानीको व्यवस्था गर्नुपर्नेमा जोड दिएकाछन । नेपाल विद्यार्थी सङ्घ तनहुँले आयोजना गरेको अनलाइन प्रशिक्षण कार्यक्रमको आज समापन गर्दै वरिष्ठ नेता पौडेलले कोरोनाका कारण मानिस गाउँ फर्किएकाले अब उनीहरुलाई गाउँमा नै बसुँबसुँ बनाउनेतर्फ सरकारले सोच्नुपर्ने बेला आएको बताए ।

कोरोनाका कारण अहिले सबै मानिस गाउँको शरणमा आउनुपरेको चर्चा गर्नुहुँदै वरिष्ठ नेता पौडेलले भने, “शहरमा रोजगारी खोज्न गएका मानिस गाउँमा आएका छन्, गाउँमा पुगेको जनशक्तिलाई अब गाउँमै बसुँबसुँ बनाउनुपर्छ । त्यसका लागि गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बेला आएको छ ।”

वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको अवस्था सिर्जना गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार लाग्नुपर्नेमा सुझाव दिए । उनले भने, “हिजोसम्म गाउँ रित्तो थियो, आज गाउँ हराभरा भएको छ, गाउँमा रोजगारीको अवस्था सिर्जना हुनसके कोही पनि शहर जाँदैनन् ।”

समृद्धिको आधार कृषि, पर्यटन र जलस्रोत रहेको चर्चा गर्दै वरिष्ठ नेता पौडेलले कृषिमा व्यावसायिक क्रान्ति अहिलेको आवश्यकता रहेकामा जोड दिए । “बन्दाबन्दीको अवस्थाले उत्पादन घट्नसक्ने भएकाले कृषिमा आत्मनिर्भर बनाउनेतर्फ सरकारले योजना बनाएर कृषिमा लगानी बढाउनुपर्छ”, वरिष्ठ नेता पौडेलले भने, “अहिले सङ्कटले थला परे पनि भविष्यमा खाद्य अभावले ज्यान जानसक्ने अवस्था आउन सक्छ ।”

विदेशमा गएका नेपालीको रोजगारी गुमेकाले विप्रेषण रोकिने अवस्था आएकाले नेपालभित्रै भएका सम्भावनाको सदुपयोग गर्दै सङ्कट व्यवस्थापन गर्ने चुनौती रहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । कृषिलाई औद्योगिकीकरण गर्नेतर्फ स्थानीय तहले कृषिमा लगानी बढाउनुपर्ने बताउँदै वरिष्ठ नेता पौडेलले भने, “अहिलेसम्म कृषि पेशा अपहेलित छ, कृषिलाई सम्मानित पेशा बनाउनुपर्छ ।” विश्वका विकसित देशमा अहिले महामारी रहेकाले कोरोनाले विश्व व्यवस्थालाई नै झड्का दिएको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

बन्दाबन्दीको सदुपयोग गर्न र घरमै बसिरहेका विद्यार्थी नेताहरुलाई प्रशिक्षित गर्न अनलाइन प्रशिक्षण सञ्चालन गरिएको नेपाल विद्यार्थी सङ्घ तनहुँका सभापति चूडामणि खनालले जानकारी दिए। वैशाख २२ गतेदेखि शुरु भएको प्रशिक्षण कार्यक्रममा ‘कोरोना हुँदाको नेपालको अवस्था र कोरोनापछिको नेपालको अर्थतन्त्रको अवस्थाका बारेमा प्रशिक्षण दिइएको थियो ।

सो अवसरमा काँग्रेसको नीतिनियम, आचारसंहिता र देशको समसामयिक विषयमा पनि प्रशिक्षण दिइएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, धनराज गुरुङ, शङ्कर भण्डारी, बद्री पाण्डे, गोविन्द भट्टराई, जीवन परियार, प्रदीप पौडेल, जिल्ला सभापति वैकुण्ठ न्यौपाने, महासमिति सदस्य देवराज चालिसे, राजनीतिक विश्लेषक रमेश अधिकारी, नेपाल विद्यार्थी सङ्घका सभापति राजिव ढुङ्गानालगायतले प्रशिक्षण दिएका थिए। रासस

वि.सं.२०७७ जेठ ५ सोमवार १८:२८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...