back
CTIZAN AD

प्रदेशहरुले थाले वर्षे अधिवेशन बोलाउन, वाग्मतीको जेठ १२ मा

वि.सं.२०७७ जेठ ५ सोमवार

768 

shares

५ जेठ, काठमाडौं । प्रदेशहरुले वर्षे अधिवेशन बोलाउन थालेका छन । यसै सन्दर्भमा वाग्मती प्रदेशले प्रदेशसभाको छैटौँ बैठक (वर्षे अधिवेशन) जेठ १२ गतेका लागि डाक्ने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १२ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा बसेको बैठकले चर्चित हेटौँडा काठमाडौँ मदन भण्डारी मार्गअन्तर्गतको पोस्ट बहादुर सुरुङ मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकताको परियोजनाको रुपमा समावेश गरी सङ्घीय सरकारको सहलगानीमा निर्माण गर्नको लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

यसअघि प्रदेशसभा बोलाउने सम्बन्धमा मुख्यमन्त्री पौडेलले प्रदेससभा भवनको निरीक्षण गरेका थिए । पौडेलले सुरक्षित तबरले बैठक सञ्चालन गर्न उपयुक्तता सम्बन्धी जानकारी लिन प्रदेशसभा भवनको अवलोकन गरेका र भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने विषयमा सभामुख सानुकुमार श्रेष्ठसँग कुराकानी भएको थियो । रासस 

वि.सं.२०७७ जेठ ५ सोमवार १९:०९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...