back
CTIZAN AD

लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर बनाइएको नेपालको नक्सा स्वीकृत

वि.सं.२०७७ जेठ ५ सोमवार

777 

shares

५ जेठ, काठमाडौँ । मन्त्रीपरिषद्ले भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाईसमेत समावेश गरी तयार पारिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको हो ।

१८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ । सरकारले छिट्टै नयाँ नक्सालाई कार्यान्वयनमा लैजाने जानकारी सरकारको एक मन्त्रीले  दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जेठ २ गते संसदमा प्रस्तुत सार्वजनिक नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । त्यसअनुसार भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नक्सालाई प्रस्तावका रुपमा मन्त्रिपरिषद्मा प्रस्तुत गरेकी थिइन् ।

भारतले नोभेम्बरमा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।

त्यसको देश तथा विदेशमा रहेका नेपालहरुबाट चर्काे विरोध भयो भने संघीय संसदका संसदीय समितिहरूले पनि सबै नेपाली भूभाग समेटेको नक्सा छाप्न पटकपटक निर्देशन दिएका थिए । नेपाल सरकारले कूटनीतिक नोट पठाएर सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति प्रस्ताव गर्दा पनि भारतले वार्ताको मिति टार्दै आएको छ ।

वैशाख २६ गते फेरि भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै ‘लिंकरोड’ को सडक उद्घाटन गरेपछि दुई देशबीचको सीमा विवाद सतहमा आएको छ ।

 

वि.सं.२०७७ जेठ ५ सोमवार २०:४५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...