back
CTIZAN AD

नेता लिलामणि पोखरेलका तीन अपिल

वि.सं.२०७७ जेठ ५ सोमवार

1.4K 

shares

५ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता लिलामणि पोखरेलले ‘देशभक्तहरुसँग मेरो अपिल भन्दै सांसदहरुसँग तीन विषय राखेका छन् ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि त्यसको विरुद्ध रास्ट्रीय स्वाभिमान, सार्बभौमिकसत्ता र अखण्डताको रक्षाका निमित्त नेपाली जनता एकताबद्द भएको भन्दै उनले मातृभूमि र जनताको रक्षा गर्न अपिलका ३ विषय राखेका हुन्।

उनले पहिलो अपिलको रुपमा जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सार्वजनिक गरिएको नीति कार्यक्रमको बुदा ११ को ‘परिपुर्न लोकतन्त्र’ भन्ने पदावली प्रति आपत्ति जनाएका छन् । यो ख्रुस्चोभले कम्मुनिस्ट्को नै बिरोध गर्न अघि सारेको “Democracy of all People” भन्ने रहेका कारण हामी कम्युनिस्ट हौं भन्ने हो भने त्यो गलत रहेको उनको भनाइ रहेको छ ।

दोस्रो अपिलका रुपमा उनले बुदा २११ को ४०० केभी प्रसारण लाइन भन्ने कुरा घुमाउरो पाराले MCC पास गर्न खोजेको उनको आरोप छ ।  MCC हिन्द–प्रशान्त– रणनीति  ( IPS)को मातहत हो र  ( IPS)  अमेरिकी सुरक्षा रणनीति र अन्तरास्ट्रिय गठबन्धन भएको तर हाम्रो देशलाई पनि हाम्रा नेताको गलत निर्णयले त्यसमा सामेल गरिएको भन्दै उनले हाम्रो सम्बिधान, कानून, बिदेशनीति, भूगोल, हाम्रो पार्टीमा बिचाराधीन बिषय, संसदमा बिचाराधिन प्रस्ताव, हाम्रा छिमेकी MCc सम्झौता भित्रको रहस्य आदिले त्यो स्वीकार गर्न नमिल्ने बताएका छन् ।

त्यस्तै तेस्रो बुदाका रुपमा २६९ मा ‘तदनुरूप नै ‘छुटेको भूमि’ भन्ने पदावली भ्रमपूर्ण रहेको उनले बताएका छन् । उनले भूमि छुटेको हैन, अतिक्रमण भूमि रहेको र हामीले आफ्नो तर्फबाट हाम्रो नयाँ  नक्सा लिएर भारतसँग वार्तामा बस्नु पर्ने कुरामा जोड दिएका छन् ।

उनले लेखेका छन् :

देशभक्तहरु सङ मेरो अपिल:- कोरोना भाइरसको कारण पार्टी – जनता, जनता- जनताबीच को सम्बन्ध र मौलिक अधिकार को प्रयोग खुम्चियको छ ।कोरोना बिरुद्ध देश एक हुनु सुखद कुरा हो।निरोध र नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन हामीले पालन गरेका छौ ।येसै बीच भारतले अतिक्रमण गरेर नेपाली भूमि चिरेर तीब्बत जाने सडक बनायो ।त्यसको विरुद्ध रास्ट्रीय स्वाभिमान ,सार्बभौमिकसत्ता र अखण्डताको रक्षाका निमित्त नेपाली जनता एकताबद्द छन।मातृभूमि र जनताको रक्षा गरौं ।अहिले मेरो अपिलका तीन विषय हुन:- १) नीति कार्यक्रमको बुदा ११ को “परिपुर्न लोकतन्त्र ” भन्ने पदावली हामी कम्युनिस्ट हौं भन्ने हो भने त्यो गलत छ ।यो ख्रुस्चोभले कम्मुनिस्ट्को नै बिरोध गर्न अघि सारेको “democracy of all people” भन्ने हो। २) बुदा २११ को ४०० केभी प्रसारण लाइन भन्ने कुरा घुमाउरो पाराले MCC पास गर्न खोजेको हो। MCC हिन्द- प्रशान्त- रणनीति ( IPS)को मातहत हो।IPS अमेरिकी सुरक्षा रणनीति र अन्तरास्ट्रिय गठबन्धन हो।हाम्रो देशलाई पनि हाम्रा नेताको गलत निर्णयले त्यसमा सामेल गरिएको छ ।हाम्रो सम्बिधान,कनून,बिदेशनीति,भूगोल,हाम्रो पार्टीमा बिचाराधीन बिसय,सम्सदमा बिचाराधिन प्रस्ताव,हाम्रा छिमेकी,MCC सम्झौता भित्रको रहस्य आदिले त्यो स्वीकार गर्न मिल्दैन । ३) बुदा २६९ मा लिम्पीयाधुरा सहितको नेपालको नक्सा बनाउने कुरा सही छ ,ऐतिहासिक पनि हो तर कहिले? काआर्यक्रममा भारतसँग सीमा समस्या हल गर्न” कुटनैतिक पहल गरिनेछ।तदनुरूप नै छुटेको भूमि ” भन्ने पदावली भ्रमपूर्न भयो।यो भाषाले ” कूटनीतिक पहलबाट आएको परिणाम पछि नक्सा बनाउने ” भन्ने देखिन्छ ।भूमि छुटेको पनि हैन अतिक्रमण हो।नक्सा लियेर वर्तामा बस्ने हो।कृपया यती बचाउनुस ,साम्सद ज्यूहरू !अरु पछि गरौंला ।

वि.सं.२०७७ जेठ ५ सोमवार २१:२९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...