५ जेठ, जेनेभा । चिन सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
उक्त रकम कोरोनाभाइरस विरुद्ध लड्नका लागि दुई बर्षभरीमा प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले सोमबार जानकारी दिएको अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन।
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइृरसको प्रभाबलाई नियन्त्रण तथा न्युनिकरण गर्नका लागि डब्लुएचओलाई चीनले सो रकमको घोषणा गरेको हो ।
चिनियाँ राष्ट्रपति सिले विश्व स्वास्थ्य सम्मेलनका क्रममा कोरोना भाइरस सम्वन्धी सम्पुर्ण विवरण डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने जानकारी दिएका छन ।
“हामीले कोरोनाभाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सवैलाई बाँड्न चाहन्छौँ, हामीले हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौँ,” सिले भने ।
यस अघि अमेरिकाले चिलाई सहयोग पुर्याएको आराप लगाउँदै संगठनलाई दिँदै आएको सहयोग कटौतीको घोषण गरेको थियो । तर चिनले भने सहयोगको हात फैलाएको छ ।
विना कारण सहयोग कटौतीको घोषणा गरेको भन्दै विश्वभरबाट अमेरिकाको आलोचना भएको थियो । कोरोनाको विश्वव्यापी महामारीका कारण अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता परेको भन्दै संगठनले संसार भर सहयोगको अपिल गर्दै आएको छ ।
वि.सं.२०७७ जेठ ५ सोमवार २१:५६ मा प्रकाशित






























