back
CTIZAN AD

भित्तेपात्रो सार्बजनिक

वि.सं.२०७७ जेठ ८ बिहीवार

804 

shares

८ जेठ, काठमाडौँ । ‘सम्पूर्ण कम्पनी प्रतिनिधि एक हौँ, उद्योग व्यवसायीको रक्षा गरौं, रोजगारीको संरक्षण गरौं’  भन्ने प्रमुख लक्ष्यका साथ स्थापित नेपाल बजार ब्यापार बिक्री प्रतिनिधि संघ पोखराको भित्तेपात्रो प्रकाशित भएको छ ।

उक्त भित्ते पात्रोको संस्थाका सस्थापक अध्यक्ष प्रेमराज गौतम र सल्लाहकार सुरज उपाध्यायले संयुक्तरूपमा सार्वजनिक गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा प्रकाशीत भित्ते पात्रो सार्वजनिक गर्ने क्रममा संस्थाका सस्थापक अध्यक्ष गौतमले विश्वभर महामारीको रूपमा फैलिएको कोरना भाइरसले थुप्रैको रोजगारी गुम्ने अवस्था सृजना भएको बताए । अहिलेको विषम परिस्थितिमा उद्योगी व्यवसायी र कम्पनी प्रतिनिधि मिलेर उद्योग व्यवसाय र रोजगारीको संरक्षण गर्नुपर्ने बेलामा उनले जोड दिएका छन् ।

भौतिक दुरी कायम गरेर गरिएको उक्त कार्यक्रममा सल्लाहकार सुरज उपाध्यायले पछिल्लो परिस्थिति झन् बिग्रदै गएको, कम्पनी राम्रोसँग नचल्दा कम्पनी प्रतिनिधिको मात्रै नभएर बजारसँग जोडिएर रोजगार पाएका सबै मजदुरहरुको दैनिक अवस्था झन् बिग्रदै गएको धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष सुरेन्द्रराज अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सचिव राजु सुवेदी र स्वागत हरि ढुंगानाले गरेका थिए ।

वि.सं.२०७७ जेठ ८ बिहीवार १८:४९ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...