हाम्रा नेता, कस्का नेता ?
नेपाल आमा को या
उत्तर का नेता,
दक्षिण का नेता,
पूर्व–पस्चिम का नेता,
कि कसैका नेता ?
नयाँ नेपाल बनाउने नेता,
सबैलाई खुशी पार्ने नेता,
शान्ती र संबिधान ल्याउने नेता,
जिपि र सुशील जस्ता नेता
अब को होला ति सर्बमान्य नेता ?
हाम्रा नेता, कस्ता नेता ?
पर्खाल नाग्ने नेता,
कोठी धाउने नेता,
हिमालयन रिजर्भमा रमाउने नेता,
भ्रस्टचारी नेता,
कि जनता ढाटने नेता ?
एक्काईसौ सताब्दी का नेता,
कस्ता हुन हाम्रा नेता ?
राष्ट्र होइन,कुर्सी को माया गर्ने नेता,
हरियो नै हरियो गुट–मुटाउने नेता,
देश–बिदेश भ्रमण गर्ने नेता,
नेपाललाई पछाडि पार्ने नेता,
सगरमाथा लाई होचाउने नेता,
देशलाई आन्धकार बनाउने नेता
गरीबी बढाउने नेता,
साना मसिनालाई हेफ्ने नेता,
हाम्रा नेता, कस्का नेता ?
उत्तरका नेता,
दक्षिणका नेता,
पूर्व–पस्चिमका नेता,
कि कसैका नेता ?
कहिले हुन्छन नेपाल आमाका नेता ?
दुई तिहाइलाई सबैको साथ
फलाम तातेकै बेला ठोक
जङ्गे पिल्लर पुर्व पश्चिम
उत्तर दक्षिण निर्धक्क साथ
र फिर्ता लिनु कोशी बाँध।
अब त बन न नेपाल आमाकै नेता।
अरुले नमेट्टाउन हाम्रो पुर्खौली रेखा।
बहादुर होइन बहादुरी बन, हाम्रा नेता।
वि.सं.२०७७ जेठ ८ बिहीवार १९:०१ मा प्रकाशित






























