back
CTIZAN AD

सीमा समस्याः नेपाली पत्रकारिताको अग्नि परीक्षा

वि.सं.२०७७ जेठ ८ बिहीवार

897 

shares

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितलाई समेटेर देशको नक्सा अद्यावधिक गर्याे ।
तथ्य र प्रमाणका आधारमा देशको नक्सा अद्यावधिक गरिएको सरकारले प्रष्ट रूपमा जनायो पनि । त्यति मात्र होइन, सरकारले भारतले हडपेको भूमि फिर्ता लिएरै छाड्ने उद्घोष पनि गर्यो । जसका लागि कुटनीतिक प्रयासलाई प्राथमिकतामा राखेको सरकारले बताएको छ । कुटनीतिक प्रयास सफल हुने सरकारको बिश्वास छ । कुटनीतिक प्रयास सफल नभए अरु बिकल्प पनि छन् तर ती विषयमा नेपाल सरकार मौन छ । मौन हुन जरूरी पनि छ ।

गुमेको जमिन फिर्ता लिनेकुरामा नेपाल सरकार र सरकारमा रहेको दल नेकपा मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि एक ठाउँमा छ । त्यसको दर्बिलो उदाहरण काँग्रेसका नेता मिनेन्द्र रिजालले हालै एक भारतीय टेलिभिजनसँगको कुराकानीमा दिएको अभिव्यक्ति हो । गुमेको नेपाली भूमि फिर्ताको लागि नेपाली नागरिकको समान धारणा छ । मतलब गुमेको भूमि फिर्ता लिनेकुरामा सिङ्गो नेपाल एक छ ।

विषायन्तरको प्रयास
नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितलाई समेटेर देशको नक्सा अद्यावधिक गरेपछि भारतले यो मुद्दालाई विषायन्तरको प्रयास गरिरहेको छ । भड्काउको स्थिती सृजना गर्न भारत लागेको देखिन्छ ।

भारतीय जनतालाई राष्ट्रियताको सवालमा एक बनाई नेपाली मुलका भारतीय र भारतलाई कर्मथलो बनाएकालाई लगाम लगाउने प्रयास भएको देखिन्छन् ।

मनिषा किन भइन् शिकार ?

भारतीय मिडिया नेपाली मुल कि नायिका मनिषा कोइरालाविरुद्ध खनिएका छन् । कर्मथलो भारतलाई बनाएकी नायिका यतिवेला भारतीय मिडियाको सिकार भएकी छिन् । यति सम्मकी भारतीय नागरिक एकाएक मनिषा विरुद्ध खनिएका छन् । नेपालले देशको नक्सा अद्यावधिक गरेसँगै सो विषयमा टिप्पणी गरेपछि मनिषालाई भारतीय मिडियाले कटु आलोचना गरेका छन् । ‘भारतको खाएर चीनको गीत गाएको’ आरोप खेप्नु परेको छ मनिषाले ।

मनिषाको खेदो गरेको भन्दा पनि यो विषय उचालेर भारतबाट सेवा सुविधा लिनेलाई चुप राख्ने र बोली बन्द गर्ने योजनालाई भारतीय मिडियाको प्रयोग गराएका हुन् भारतीय थिन्क ट्यांकहरुले । जसले भारतीय सेवा लिने नेपालीलाई मौन राख्न दबाब दिएको छ । ‘भारतीय मिडियाको मनिषा आक्रमण’ भारतीय सुविधा लिने सयौं नेपाली नेतामाथिको दवावमूलक आक्रमण हो । यो विषयमा चुप बस नभए हालत खराव गरिदिन्छौं भन्ने संकेतका रूपमा लिनुपर्छ ।

मिडिया धर्म एकातिर काम अर्कोतिर

देशको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियताको सवालमा मिडियाले सम्झौता गर्दैन, गर्नु पनि हुन्न । तर आवश्यकता भन्दा बढी मिडियाले गर्नु हुदैन । मिडियाको आफ्नो छुट्टै धर्म छ जो हो ‘सत्य’ । तर भारतीय मिडिया सत्य भन्दा पनि टिआरपीमा ध्यान दिन्छन् । उग्रवादी शैली अपनाएका छन् भारतीय मिडियाले, अहिले मात्र होइन पहिले देखि नै यस्तो शैली पनाउँदै आएका हुन् ।

झुटको खेती गर्दै राष्ट्रियताको सवालमा लागेका भारतीय मिडिया
जसलाई भारतीय थिन्क ट्यांकहरुले नै हौसाईरहेका छन् । भारतीय थिन्क ट्यांकहरुले त्यहाँका मिडियाहरूलाई भारतलाई शक्तिशाली देशका रूपमा चित्रण गर्न भनेका छन्, सोहि अनुरूप भारतीय मिडिया लागेका हुन् । भारतीय मिडियालाई बिश्वका शक्ति राष्ट्रले बिश्वास नै गर्दैनन् । तर पनि अफवाह फैलाउन नै उद्दत छन् भारतीय मिडिया ।

नेपाली मिडियाको अहिलेको काम प्रमाण पेश गर्नु हो

नेपालले यथेष्ट प्रमाणका साथ देशको नक्सा अद्यावधिक गरेको छ । तथ्य र प्रमाण बिश्वलाई पेश गर्ने अभिभारा यतिवेला नेपाली मिडियाले पूरा गर्नु पर्नेछ ।

घटनालाई अतिरन्जित बनाइरहेका भारतीय मिडियाले । भारतीय मिडियाको सामु नेपाली मिडियाले खास पत्रकरिता के हो सिकाउन जरुरी छ । पत्रकारिता पढाएर होइन, गुमेको भूमि यसकारण फिर्ता हुनुपर्छ भन्ने प्रमाण पेश गरेर ।

नेपाली मिडियाको काँधमा ठूलो जिम्मेवारी

कुनै खास समयमा खास उपलब्धि हासिल गर्न मिडियाको भूमिका महत्वपूर्ण हुनेगर्छ । मिडियाको भूमिका प्रभावकारी हुन सक्यो भने उपलब्धि संस्थागत हुन सक्छ । सार्वभौमसत्ता, राष्ट्रियताका सवालमा त झन् मिडियाको भूमिका अहम रहन्छ । अन्तरास्ट्रिय प्रभाव जमाएका राष्ट्रिय संचार संस्थाहरु एक ठाउँमा उभिन जरूरी छ । प्रभावकारी कलम चलाउन सम्पादक सहितको टिमले सामुहिक छलफल गरेर प्रमाण सहितका समाचार, रिपोर्ट र रिपोर्टिङ गर्न जरुरी छ ।

अहिले सम्म भारतीय मिडिया विना प्रमाणका कुरामा विषय अन्त मोड्न लागेको देखिन्छ । नेपाली मिडियाले मिसन तय गरेर निर्णायक कलम चलाउन आवश्यक छ । नेपाली मिडियाको काँधमा ठूलो जिम्मेवारी आएको छ । मिडियाको ताकत पुष्टि गर्ने समय आएको छ । नेपाली पत्रकारिताको अग्नि परीक्षा आएको छ यतिवेला । अग्नि परीक्षामा पास हुने आधार प्रसस्तै छन् । परीक्षाको तयारीमा जुट्न ढिला गर्नु हुन्न ।

सेना संयमित हुन जरुरी

भारतीय सेनाले हालै विवादास्पद अभिव्यक्ति दियो । त्यो नेपाली सेनालाई विवादमा तान्ने मनशायबाट उद्दत भएको मान्न सकिन्छ । नेपाली सेना यस्ता विवादमा फस्नु हुन्न । दुई देशसँगको सिमा विवाद भएकाले नेपाली सेना संयमित हुन जरुरी छ ।
चीनको चासो, पाकिस्तानको फाइदा लिने प्रबृत्तिप्रति बहुत चनाखो हुन जरुरी छ । अन्तरास्ट्रिय शक्ति केन्द्रसँग सरकार जोगिएर अघि बढ्नु पर्छ ।

नागरिकको भूमिका

आफ्नो मातृभूमिको हक, हित र अधिकार अनि स्वाभिमानको पक्षमा उभिएर उल्लेखनीय सत्कर्म, राष्ट्रसेवा र देशभक्तिको अभिव्यक्ति दर्शाउनु नै नागरिको कर्तव्य हो । हालको परिस्थिति सहज र सजिलो मोडमा छँदै छैन । संयमित हुन सकिएन भने समस्या सुल्झाउन सहज हुन्न । तसर्थ नागरिक संयमित भएर परिस्थितिलाई सहज बनाउने भूमिकामा लाग्नुपर्छ ।

वि.सं.२०७७ जेठ ८ बिहीवार १९:२६ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...