back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च साइप्रसद्धारा सरकारले जारी गरेको नयाँ नक्शाको स्वागत

वि.सं.२०७७ जेठ ८ बिहीवार

804 

shares

८ जेठ, साइप्रस । प्रवासी नेपाली एकता मन्च साइप्रसले लिपुलेक, कालापानी र लिम्पयाधुरासहित नेपाल सरकारद्धारा जारी गरिएको नयाँ नक्साको स्वागत गरेको छ ।

मन्चको बुधबार बसेको अनलाइन बैठकले भारतले हड्पेको नेपाली भूमिसहित नेपाल सरकारले हालै जारी गरेको नयाँ नक्सा ऐतिहासिक निर्णयको स्वागत गर्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएको छ ।
‘मंचको अनलाइन कार्यसमितिको बैठकमा भारतीय बिस्तारबादी रबैयाको बिरोध गर्दै छलफल केन्द्रित भएको थियो । बिगतमा सार्बभौममुलुक नेपालको भूमी कालापानी लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरि भारतले नक्सा सार्बजनिक गरेको र झन अहिले विवादित सीमामा पूर्वधार निर्माण गर्न नपाइने अन्तर्रा्िष्ट्रय मान्यता बिपरित नेपालको भूमी मिचेर एकतर्फी रुपमा सडक निर्माण जस्तो संबेदनसिल गतिविधि गरेकोप्रति प्रवासी नेपाली एकता मंच साइप्रसको बैठकले घोर भ्रत्सना गरेको छ ।’ मन्चले भनेको छ ।

मन्चले भारतको विस्तावादी नीति र हेपाहा रबैया र एकतर्फी नेपाली भूमी अतिक्रमणको बिरोध स्वरुप प्रवासी नेपाली एकता मंच साइप्रसले इजरायलमा अवस्थीत नेपाली दूतावास र नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रवास कमिटी (प्रवास समन्वय समिती) मार्फत बिरोध विज्ञाप्ति नेपाल सरकारलाई बुझाउने निर्णय पनि गरेको छ ।

विश्वभरी कोभिड-१९ भाईरसको प्रभावका कारण पूरै बिश्व अस्तव्यस्त तथा ठप्प भएको तथा बिश्व नै क्वारेन्टाइनमा रहेको यो बिषम परिस्थितीले गर्दा प्रवासी नेपाली एकता मञ्च साइप्रसको कार्यसमितीले अनलाइन बैठक बसेको हो । बैठकले स्वास्थ्यको समेत खÞतरा मोल्दै निरन्तर खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूप्रति उच्चसम्मान प्रकट समेत गरेको छ ।

बैठकले विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसबाट नेपाल तथा प्रवासमा संक्रमित भइ अकालमा मृत्यु भएका नेपालीहरूप्रति श्रद्धांजलि अर्पण गर्दै कोरोना भाइरसबाट संक्रमित बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत मंचले गरेको छ ।

त्यसैगरी बैठकले साईप्रसमा स्थापित प्रवासी नेपाली एकता मंच साइप्रस) लगायत विभिन्न अरु १२ वटा संघ–संस्था मिलेर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको संयोजकत्वमा सहकार्य गरि समस्यामा परेका साइप्रसबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई २ चरणमा राहतस्वरुप खाद्यान्न सामग्री बितरण गरेको मन्चले बताएको छ ।

उक्त राहत वितरणमा पहिलो चरणको लागि प्रवासी नेपाली एकता मंच साइप्रसले ३०० युरो सहयोग गरेको र दोस्रो चरणको राहत बितरणको लागि पनि १५० युरो सहयोग गर्ने समेत बैठकले निर्णय गरेको मन्चका सचिव केशव ठकुरीले बताएका छन् ।

वि.सं.२०७७ जेठ ८ बिहीवार २०:२७ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...