१५ जेठ, काठमाडौँ । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार ६ सय नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा ब्राजिलमा कोरोना संक्रमणबाट २५ हजार ६ सय ९७ को मृत्यु भएको छ ।
त्यसैगरी ब्राजिलमा कोरोना संक्रमितको संख्या पनि ४ लाख नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या ४ लाख १४ हजार ६ सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा २२ हजार ३ सय १ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार १ सय ४८ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ जेठ १५ बिहीवार ०८:०५ मा प्रकाशित






























