१५ जेठ, काठमाडौँ । इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा इटालीमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ३३ हजार ७२ पुगेको छ ।
त्यसैगरी इटालीमा कोरोना संक्रमितको संख्या पनि २ लाख ३१ हजार नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार १ सय ३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा इटालीमा ५ सय ८४ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय १७ जनाको मृत्यु भएको छ
वि.सं.२०७७ जेठ १५ बिहीवार ०८:०५ मा प्रकाशित






























