back
CTIZAN AD

सुर्खेतमा थप १५ जनामा कोरोना संक्रमण, मृतकको रिर्पोट ‘नेगेटिभ’

वि.सं.२०७७ जेठ १५ बिहीवार

771 

shares

१५ जेठ, सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका सात पुरुष, तीन महिला, चौकुने गाउँपालिकाका दुई महिला, एक पुरुष, सुदुरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुष र पहिचान हुन बाँकी एक महिलामा गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

महाशाखा प्रमख डा लक्ष्मीनारायण तिवारीले नयाँ पहिचान भएका सबै सङ्क्रमितलाई आइसोलेसनमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । बझाङका ५५ वर्षीय पुरुष तथा बोल्न नसक्ने एक महिलाको ठेगाना पत्ता लगाउन प्रयास भइरहेको बताए ।

मन्त्रालयले प्रदेशका सबै जिल्लामा आरडिटी र पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेसन, १७ भेन्टिलेटर रहेका छन् । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लामा गरिएको १६० पिसीआर परीक्षणमध्ये सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा १५ जनाको रिर्पोट पोजिटिभ आएको हो ।

मृतक युवाको रिर्पोट नेगेटिभ

भारत गुजरातबाट फर्कने क्रममा मङ्गलबार राति मृत्यु भएका सुर्खेतका एक युवकको कोरोना रिर्पोट नेगेटिभ देखिएको छ । प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार मृतकको बुधबार स्वाब परीक्षणका क्रममा कोरोना नभएको पाइएको छ । आफन्तका अनुसार ती युवामा बाथ रोगसम्बन्धी समस्या थियो । बबईबाट वीरेन्द्रनगर आउँदै गर्दा बान्ता गर्न थालेपछि उनलाई अस्पताल पु¥याइएको थियो । कोरोना नदेखिएपछि अस्पतालले शव परीक्षण गरेर परिवारलाई बुझाउनेछ ।

वि.सं.२०७७ जेठ १५ बिहीवार ०८:१३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...