१५ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको सुरुवातबाटै काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु गर्ने भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा ०७७/०७८ को बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक वर्षको सुरुवातमै मेलम्चीको पानी वितरण गर्ने जानकारी दिँदै सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम सुरु गर्न ५ अर्ब ४० करोड बजेट छुट्याएको बताएका छन् ।
चालु आर्थिक वर्षभित्र नै मेलम्ची खानेपानी आयोजनाको आधारभूत निर्माण कार्य सम्पन्न गरी आगामी वर्षको सुरुवातमै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिने मन्त्री खतिवडाले बताएका छन् ।
वि.सं.२०७७ जेठ १५ बिहीवार १८:३३ मा प्रकाशित






























