back
CTIZAN AD

कृषिमा बढाइयो बजेट, ४१ अर्ब ८० करोड विनियोजन

वि.सं.२०७७ जेठ १५ बिहीवार

723 

shares

१५ जेठ, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कृषि क्षेत्रका लागि ४१ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी गराएका हुन् ।
कृषिमा छुट्याइएको बजेटको क्षेत्रका बारेमा जानकारी दिँदै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड बजेट छुट्याइएको बताएका छन् ।

उनले रासायनिक मलमा अनुदान बृद्धि गरी ११ अर्ब पु¥याइएको, २ सय खाद्य भण्डारण स्थापनाको लागि १ अर्ब बजेट छुट्याइएको, सबै स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने, सबै स्थानिय तहमा बजार पूर्वाधार निर्माण गरिने बताए ।

सामूहिक खेतीलाई प्रेरित गर्न शीतभण्डारको लागि अनुदान दिइने, २ सय खाद्य भण्डारण केन्द्र बनाउने स्थानीय तहलाई १ अर्ब अनुदान दिइने पनि मन्त्री खतिवडाले जानकारी दिए ।

त्यस्तै फलफूलको विरुवा उत्पादन गर्न १ करोड ५ लाख छुट्याइएको छ भने सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेटमा राखिएको छ ।

आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने योजना पनि बजेटमा राखिएको छ । बजेटमा उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको छ ।

यस्तै कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने व्यवस्था लागू गरिनुका साथै किसान क्रेडिट कार्डको अवधारण सुरु हुने र एपमार्फत किसानलाई मूल्यबारे जानकारी गराइने मन्त्री खतिवडाले जानकारी दिए ।

गतवर्ष कृषिमा ३४ अर्ब ८० करोड रुपैयाँ छुट्याइएको थियो । यसवर्ष कोरोना भाइरसका कारण कृषि क्षेत्रमा रोजगारीमा खोजिनु पर्ने भएका कारण कृषिमा बजेट बढाउनु पर्ने माग बढेका थिए ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेका छन् ।

(फाइल तस्विर)

वि.सं.२०७७ जेठ १५ बिहीवार १९:१६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...