back
CTIZAN AD

ओमान नेपाली एकता समाजद्धारा रुकुम घटनाका दोषीलाई कडा भन्दा कडा कारबाहीको माग

वि.सं.२०७७ जेठ १६ शुक्रवार

765 

shares

१६ बैशाख, ओमान । रुकुममा ५ जनाको मृत्यु र एक बेपत्ता हुने गरी भएको घटनाप्रति ओमान नेपाली एकता समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका महासचिव सोमे तामाङले एक विज्ञप्ति जारी गरी आजको एक्काइसौं शताब्दिमा नेपालको संविधान र कानुनले समेत अन्तरजातिय विवाहका लागि स्वतन्त्रता दिएको अवस्थामा यस्तो घटना घट्नु अत्यन्तै दुःखद रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘जाजरकोट जिल्लाको भेरी नगरपालिकाबाट विवाहका लागि रुकुमको चौरजहारी पुगेको बेहुला नवराज विक सहितको टोलिमाथि २०७७ जेठ १० गते त्यहाँका एकजना वडाअध्यक्ष सहित माइतीपक्षका मानिसहरुले केटा पक्षका मानिसहरुमाथि आक्रमण गर्दा दुलाह सहित ५ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता भएको छन । उक्त घटनाप्रति ओमान नेपाली एकता समाजको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

‘जाजरकोट जिल्लाको भेरी नगरपालिकाबाट विवाहका लागि रुकुमको चौरजहारी पुगेको बेहुला नवराज विक सहितको टोलिमाथि २०७७ जेठ १० गते त्यहाँका एकजना वडाअध्यक्ष सहित माइतीपक्षका मानिसहरुले केटा पक्षका मानिसहरुमाथि आक्रमण गर्दा दुलाह सहित ५ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता भएको छन । उक्त घटनाप्रति ओमान नेपाली एकता समाजको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ । आजको एक्काइसौँ शताब्दी तथा नेपालको संविधान र कानुनले समेत अन्तरजातीय विवाहका लागि स्वतन्त्रता दिएको अवस्थामा घटेको त्यसप्रकारको घटनाप्रति गम्भीर दुःख प्रकट गर्दै हामीले त्यसको कडा शब्दमा भत्सर्ना गर्दछौँ । उक्त घटनाको निष्पक्ष छानबिन गरी त्यसप्रकारको अपराधमा संलग्न व्यक्तिहरु माथि कडा भन्दा कडा सजायको माग गर्दछौँ । घटनालाइ अतिरन्जित पार्न सामाजिक संजालहरुमा आएका केहि अभिब्यक्तिहरु समाज परिबर्तनका बाधक रहेको र पीडित परिवारमाथी झन पिडा दिने खालको रहेको हामिले ठहर गरेका छौ । त्यसैले त्यस्ता खालको क्रियाकलापप्रति हाम्रो घोर आपत्ति रहेको छ । मृतकहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौ । हराइरहेका ब्यक्तिहरुको खोजी कार्य तिब्र पार्न हामी सरकार समक्ष माग राख्दछौ । पृथ्वीकै सर्बश्रेष्ठ प्राणि मानिने मानिसहरुबाट भएको यस किसिमको अत्यन्तै अमानविय,बर्बर,क्रुर अपराधीक कार्यको जति भत्सर्ना गरेता पनि कमि हुने छ । त्यसैले उक्त घटनाको निस्पक्ष छानबिन गरि सत्यतथ्य बाहिर ल्याइ हदैसम्मको कार्बाही गरियोस भनी ओमान नेपाली एकता समाज नेपाल सरकार समक्ष माग गर्दछ।’

महासचिव
सोमे तामाङ

वि.सं.२०७७ जेठ १६ शुक्रवार १०:३६ मा प्रकाशित

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...