back
CTIZAN AD

भक्तपुर जिल्ला कोरोनामुक्त

वि.सं.२०७७ जेठ १८ आइतवार

816 

shares

१८ जेठ, काठमाडौँ । भक्तपुर नगरपालिका– ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ ।

काठमाडौँ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारपछि काठमाडौँ महानगरपालिकामा सवारी चालकका रुपमा काम गर्ने ती पुरुष हिजो घर फर्किएसँगै भक्तपुर कोरोनाभाइरसमुक्त भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

भक्तपुरमा अहिलेसम्म सङ्क्रमित चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने सशस्त्र प्रहरी, मध्यपुरथिमि शङ्खधरचोकमा सुनसरीबाट आएकी युवती, भेलुखेलका पुरुष र भक्तपुर– ९ की महिला जनप्रतिनिधि गरी चारै जनाले कोरोनालाई जितेर फर्किएपछि जिल्ला कोरोनामुक्त भएको हो ।

सङ्क्रमितका परिवार, उनीहरुसँग सम्पर्कमा आएका व्यक्ति र छिमेकीको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएको थियो । कोरोनाको जोखिम भने कायमै रहेको बताउँदै प्रहरी उपरीक्षक प्रधानले लकडाउनको पालना गर्न र अत्यावश्यक कामबाहेक बाहिर नस्किन आम भक्तपुरवासीलाई आग्रह गरेका छन।

वि.सं.२०७७ जेठ १८ आइतवार ०६:५१ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...