back

आज आइतबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

वि.सं.२०७७ जेठ १८ आइतवार

135 

shares
NTC AD
Global IME AD

मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने स्थिति आउन सक्छ । अरूको भरले मात्र काम नबन्न सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। वादविवादमा अघि नसर्नुहोला । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर आए पनि काममा पछि परिनेछ । मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । खर्च लागे पनि दिगो काम फेला पर्नेछ । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला । केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । दिगो फाइदा हुने जिम्मेवारी भने प्राप्त हुनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सफलताले हिम्मत दिलाउनेछ । प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले समेत उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान–सम्मान प्राप्त होला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन् । मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ । तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ । स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला । गोपनीयतामा ध्यान पुर्याउनुहोला । प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च पनि बढाउनेछ ।

वि.सं. २०७७ जेठ १८ आइतवार इ.स. २०२० मे ३१
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज शनिबार, यस्तो छ तपाईको आजको राशिफल, आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ जेठ १८ आइतवार ०७:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD