१८ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिले सम्म ५ हजार १ सय ८५ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ८२ हजार नाघेको छ । हिजो बेलुकाको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार ८ सय २७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ३६ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ सय ५ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या ६१ लाख ५३ हजार ४ सय ७ पुगेको छ भने ३ लाख ७० हजार ८ सय ८३ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।
वि.सं.२०७७ जेठ १८ आइतवार ०७:१६ मा प्रकाशित






























