back
CTIZAN AD

क्वारेन्टाइनमै रहेका बेला छोरी जन्माइन् मीनाले

वि.सं.२०७७ जेठ १८ आइतवार

720 

shares

१८ जेठ, दुल्लु । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् ।

क्वारेन्टिनमा बसेकी उनलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा ल्याइएको र राति साढे ९ बजेतिर छोरीलाई जन्म दिएको प्राथमिक स्वास्थ्य केन्द्रले बताएको छ । मीना र उनका श्रीमान् मनबहादु यही जेठ १० गते मात्र भारतको कुरदुवारबाट ठाटीकाँध आइपुगेका थिए । नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतले जानकारी दिए । रासस

वि.सं.२०७७ जेठ १८ आइतवार ०९:२५ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...