back

क्वारेन्टाइनमा रहेका ५६ वर्षीय पुरुषद्धारा आत्महत्या

वि.सं.२०७७ जेठ १८ आइतवार

174 

shares
NTC AD
Global IME AD

१८ जेठ, काठमाण्डौं । गुल्मीको एक क्वारेन्टाइनमा रहेका ५६ वर्षीय व्यक्तिले आत्महत्या गरेको समाचार छ ।

दिल्लीबाट फर्किएका छत्रकोट गाउँपालिका वडा नं ४ का ५६ वर्षीय चन्द्र बहादुर परियारले क्वारेन्टाइनमा आएको केही समयमै आत्महत्या गरेका हुन् ।

दिल्लीबाट फर्किएका उनलाई शनिबारै सुनौली नाकाबाट उद्धार गरेर गुल्मी लगिएको थियो । छत्रकोटको आर्दश माविमा रहेको क्वारेन्टाइनमा राखिएका उनी क्वारेन्टाइभन्दा २०० मिटर पर रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

‘बेलुका उहाँहरु आउनु भयो । क्वारेन्टाइनमा बस्दा पिशाब लाग्यो भनेर जानु भएको रहेछ । बेलुकाको खाना खाने बेलासम्म नआएपछि खोज्न जाँदा उहाँ झुण्डिएको अवस्थामा फेला पर्नु भएको थियो’, गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीले संसारन्युजसँग भनिन् ‘काँधमा गम्छा रहेको र सोहि गम्छालाई च्यातेर आधा–आधा पारेर झुण्डिनु भएको रहेछ ।’

यहि कारणले आत्महत्या गरेको भनेर पुष्टि भएको छैन । प्रहरी आएर मुचुल्का उठाएको छ । के कारण भनेर पछि पत्ता लाग्ने उपाध्यक्ष भण्डारीले बताइन् ।

‘यस्तो गर्न नहुने हो । देशमा कोरोनाको महामारी बढ्दै गइरहेको अवस्थामा देशैभरी क्वारेन्टाइनको व्यवस्था गरेर उहाँहरुको स्वास्थ्य, सुरक्षा र उहाँहरुकै परिवारको स्वास्थ्यका लागि पनि क्वारेन्टाइनमा राखिएको हो । गाउँपालिकाले सबै सुविधा उपलब्ध गराएर उहाँहरुकै लागि काम गरिरहेको छ । हतोत्साहि नभई १४ दिन क्वारेन्टाइनमा बसिदिन अनुरोध गर्दछु ।’ उपाध्यक्ष भण्डारीले भनिन् ।
उपाध्यक्ष भण्डारीले पालिकाको सबै वडामा गरेर हालसम्म झण्डै २०० जनालाई क्वारेन्टाइनमा राखिएको बताइन् ।

वि.सं.२०७७ जेठ १८ आइतवार ०९:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...