back
CTIZAN AD

क्वारेन्टाइनमा रहेका ५६ वर्षीय पुरुषद्धारा आत्महत्या

वि.सं.२०७७ जेठ १८ आइतवार

867 

shares

१८ जेठ, काठमाण्डौं । गुल्मीको एक क्वारेन्टाइनमा रहेका ५६ वर्षीय व्यक्तिले आत्महत्या गरेको समाचार छ ।

दिल्लीबाट फर्किएका छत्रकोट गाउँपालिका वडा नं ४ का ५६ वर्षीय चन्द्र बहादुर परियारले क्वारेन्टाइनमा आएको केही समयमै आत्महत्या गरेका हुन् ।

दिल्लीबाट फर्किएका उनलाई शनिबारै सुनौली नाकाबाट उद्धार गरेर गुल्मी लगिएको थियो । छत्रकोटको आर्दश माविमा रहेको क्वारेन्टाइनमा राखिएका उनी क्वारेन्टाइभन्दा २०० मिटर पर रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

‘बेलुका उहाँहरु आउनु भयो । क्वारेन्टाइनमा बस्दा पिशाब लाग्यो भनेर जानु भएको रहेछ । बेलुकाको खाना खाने बेलासम्म नआएपछि खोज्न जाँदा उहाँ झुण्डिएको अवस्थामा फेला पर्नु भएको थियो’, गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीले संसारन्युजसँग भनिन् ‘काँधमा गम्छा रहेको र सोहि गम्छालाई च्यातेर आधा–आधा पारेर झुण्डिनु भएको रहेछ ।’

यहि कारणले आत्महत्या गरेको भनेर पुष्टि भएको छैन । प्रहरी आएर मुचुल्का उठाएको छ । के कारण भनेर पछि पत्ता लाग्ने उपाध्यक्ष भण्डारीले बताइन् ।

‘यस्तो गर्न नहुने हो । देशमा कोरोनाको महामारी बढ्दै गइरहेको अवस्थामा देशैभरी क्वारेन्टाइनको व्यवस्था गरेर उहाँहरुको स्वास्थ्य, सुरक्षा र उहाँहरुकै परिवारको स्वास्थ्यका लागि पनि क्वारेन्टाइनमा राखिएको हो । गाउँपालिकाले सबै सुविधा उपलब्ध गराएर उहाँहरुकै लागि काम गरिरहेको छ । हतोत्साहि नभई १४ दिन क्वारेन्टाइनमा बसिदिन अनुरोध गर्दछु ।’ उपाध्यक्ष भण्डारीले भनिन् ।
उपाध्यक्ष भण्डारीले पालिकाको सबै वडामा गरेर हालसम्म झण्डै २०० जनालाई क्वारेन्टाइनमा राखिएको बताइन् ।

वि.सं.२०७७ जेठ १८ आइतवार ०९:०५ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...