back
CTIZAN AD

रुकुम घटनाबारे पूर्व प्रधानमन्त्री माधव नेपालले मुख खोले

वि.सं.२०७७ जेठ १८ आइतवार

705 

shares

१८ जेठ, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा २०७७ जेठ १० गते भएको घटना बारे मुख खेलेका छन् ।

जाजरकोट खलंगा नगरपालिकाका युवाहरु नवराज विक, सन्दीप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार र गणेश बुढाले ज्यान गुमाएको र गोविन्द शाही बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको भन्दै यसलाई उनले कुनै व्यक्ति वा समुदायमाथिको अत्याचार मात्र नभएर समग्र नेपाली समाजको अनुहारमै लागेको कलंकका रुपमा लिएको बताएका छन् ।

नेता नेपालले‘एक्काइसौँ शताब्दीको युगमा पनि जातीय छुवाछूत र भेदभावका कारण ज्यान जाने घटना हुनु हामी सबैका लागि लज्जाको विषय बनेको’ पनि प्रेस विज्ञप्तीमार्फत बताएका छन् ।

उनले विज्ञप्तिमार्फत भनेका छन् :

प्रेस विज्ञप्ति

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा २०७७ जेठ १० गते भएको घटनामा परी जाजरकोट खलंगा नगरपालिकाका युवाहरु नवराज विक, सन्दीप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार र गणेश बुढाले ज्यान गुमाएको र गोविन्द शाही वेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ । उक्त घटनामा परी ज्यान गुमाउनुहुने युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु । साथै, वेपत्ताको छिटो खोजी गर्न पनि अनुरोध गर्दछु ।

एक्काइसौँ शताब्दीको युगमा पनि जातीय छुवाछूत र भेदभावका कारण ज्यान जाने घटना हुनु हामी सबैका लागि लज्जाको विषय बनेको छ । यसलाई मैले कुनै व्यक्ति वा समुदायमाथिको अत्याचार मात्र नभएर समग्र नेपाली समाजको अनुहारमै लागेको कलंकका रुपमा लिएको छु । छुवाछूतलाई कानुनले दण्डनीय अपराधका रुपमा स्पष्ट ठहर गरिसकेको छ । अशिक्षा, पछौटेपन र जातीय अहंकारका कारण हुने छुवाछूतले हाम्रो समाजलाई पछाडी मात्र धकेल्दैन, विश्वकै सामु राष्ट्रकै बेइज्जत गर्दछ । स्थानीय तहसम्म जननिर्वाचित संस्थाहरुको व्यवस्था भइसकेपछि कानुन कार्यान्वयन र जनचेतनाका लागि ठूलो अभियान चलाउनुपर्ने आवश्यकता यस्ता घटनाहरुले टठ्कारो रुपमा दर्शाएका छन् ।

मावनताविरुद्धै अपराधका रुपमा भएको उक्त घटनाको गहिराइमा पुगेर छानबिन गर्न, दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न र पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्न म विशेष जोड दिन चाहन्छु । साथै, छुवाछूत जस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्य गर्नका लागि आ–आफ्नो ठाउँबाट सक्रियतापूर्वक जुट्न, यस्ता क्रियाकलाप भएमा त्यसका विरुद्धमा दृढतापूर्वक उभिन र सामाजिक न्यायको पार्टीको घोषित उद्देश्यलाई सामाजिक जीवनमा परिणत गर्नका लागि उदाहरणीय बन्न म हाम्रो पार्टी नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गर्दछु ।

माधवकुमार नेपाल
पूर्वप्रधानमन्त्री तथा
वरिष्ठ नेता, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)
१८ जेठ, २०७७

वि.सं.२०७७ जेठ १८ आइतवार १९:३३ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...