back
CTIZAN AD

कोरोना संक्रमणबाट बहराइनमा कुनै नेपालीको मृत्यु भएको छैन-नेपाली दूतावास

वि.सं.२०७७ जेठ १८ आइतवार

726 

shares

१८ जेठ, काठमाण्डौं । नेपाली दूतावास बहराइनले कोरोना संक्रमणका कारण कुनै नेपालीको मृत्यु नभएको स्पष्ट पारेको छ ।

दूतावासले नेपालका विभिन्न संचारमाध्यमले गैरआवासीय नेपाली संघको हवाला दिँदै बहराइनमा अन्य कारणबाट मृत्यु भएको नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएकोमा उनी लगायत तीनजाको कोरोनाका कारण मृत्यु भएको समाचार केही संचारमाध्यममा आएको भन्दै बहराइनमा कोरोना भाइरसका कारण कुनै पनि नेपालीको निधन नभएको स्पष्ट पारेको हो ।

‘कोरोना संक्रमणका कारण कोही नेपालीको बहराइनमा निधन नभएको विषयमा यसअघि समेत विज्ञप्तिबाट स्पष्ट गरिसकेकोमा राजदूतावास यस विषयमा प्रसारित पछिल्ला समाचारहरुको खण्डन गर्छ ।’ दूतावासद्धारा आइतबार जारी सूचनामा भनिएको छ ।

दूतावासले कोरोना संक्रमणबाट उत्पन्न यस असहज अवस्थामा भ्रामक समाचारहरु संप्रेषण हुँदा सबैमा पर्न सक्ने मानसिक पीडा बोध गर्नुका साथै गरिमामय संघ/संस्थाबाट यसप्रकारका अपुष्ट तथा जनसमुदायमा भ्रम प्रसार हुने भएकाले त्यसो नगरीदिनु समेत अनुरोध गरेको छ ।

‘बहराइनी निकायबाट जारी सूचनालाई नै चुनौती दिने गरी नेपाली कामदारहरुको हकहित प्रवद्र्धन हेतु संचालित संघसंस्थााट गलत सूचना भविष्यमा नहोस् भन्नेतर्फ समेत दूतावास सबैमा हार्दिक अपिल गर्दछ ।’ दूतावासले भनेको छ ।

वि.सं.२०७७ जेठ १८ आइतवार २०:४३ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...