back

शिक्षकलाई तलब खुवाउन माछा र कुखुरा पालन

वि.सं.२०७३ पुस १० आइतवार

849 

shares

१० पुस, जाजरकोट । विद्यालय सञ्चालनका लागि नियुक्त गरिएका निजी शिक्षकलाई तलब खुवाउन यहाँको एक विद्यालयले माछा र कुखुरा पालन व्यवसाय गरेको छ ।

जिल्लाको सिमा गाविस–२ मा रहेको सरस्वती आधारभूत विद्यालय नेपा लैकडामा सोे व्यवसाय सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रकाश अधिकारीले जानकारी दिनुभयो ।

विद्यालयमा छ जना शिक्षक निजीस्तरबाट राखिएको र तिनलाई तलब, भत्ता खुवाउन र विद्यालयको स्तरोन्नति गर्न व्यावसायिक कार्य गरिएको अधिकारीको भनाइ छ । विद्यालय सञ्चालन गर्न अन्य वैकल्पिक उपाय नहुँदा विद्यालय व्यवस्थापन समितिको पहलमा दुई हजार ५०० माछाका भुरा र एक हजार कुखुरा पालन गरिएको हो ।

विसं २०२४ मा स्थापना भएको यो विद्यालय अब आधारभूत तहबाट माविसम्मको कक्षा सञ्चालनको तयारीमा छ । रासस

वि.सं.२०७३ पुस १० आइतवार १२:२२ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...