back
CTIZAN AD

शिक्षकलाई तलब खुवाउन माछा र कुखुरा पालन

वि.सं.२०७३ पुस १० आइतवार

1.1K 

shares

१० पुस, जाजरकोट । विद्यालय सञ्चालनका लागि नियुक्त गरिएका निजी शिक्षकलाई तलब खुवाउन यहाँको एक विद्यालयले माछा र कुखुरा पालन व्यवसाय गरेको छ ।

जिल्लाको सिमा गाविस–२ मा रहेको सरस्वती आधारभूत विद्यालय नेपा लैकडामा सोे व्यवसाय सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रकाश अधिकारीले जानकारी दिनुभयो ।

विद्यालयमा छ जना शिक्षक निजीस्तरबाट राखिएको र तिनलाई तलब, भत्ता खुवाउन र विद्यालयको स्तरोन्नति गर्न व्यावसायिक कार्य गरिएको अधिकारीको भनाइ छ । विद्यालय सञ्चालन गर्न अन्य वैकल्पिक उपाय नहुँदा विद्यालय व्यवस्थापन समितिको पहलमा दुई हजार ५०० माछाका भुरा र एक हजार कुखुरा पालन गरिएको हो ।

विसं २०२४ मा स्थापना भएको यो विद्यालय अब आधारभूत तहबाट माविसम्मको कक्षा सञ्चालनको तयारीमा छ । रासस

वि.सं.२०७३ पुस १० आइतवार १२:२२ मा प्रकाशित

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...