back

टेबलटेनिसमा महिलातर्फ आर्मी र पुरुषतर्फ पुलिसलाई स्वर्ण

वि.सं.२०७३ पुस १० आइतवार

237 

shares
NTC AD
Global IME AD

१० पुस,विराटनगर  । सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज विराटनगरस्थित रङ्गशालाको कभर्डहलमा सम्पन्न टेबलटेनिसको महिला जोडीतर्फको खेलमा आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक प्राप्त गरेका छन् ।

रविना र स्वेच्छाको जोडीले पुलिसका नविता र एलिना महर्जनको जोडीलाई अन्तिम खेलमा ७–११, ११–७, ११–६, ७–११ र ११–३ ले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् ।

प्रतियोगितामा एपिएफका शेलिषा र सोनु तथा आर्मीका दिक्षा र सिक्काको जोडीले कास्य पदकमा चित्त बुझाएका छन् ।

त्यस्तै पुरुष जोडीतर्फ पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडीमाथि ११–९, ११–९, ३–११ र ११–९ को जित हात पार्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । तेस्रो स्थानमा पुलिसका दीप साउन र स्यान्टु श्रेष्ठ तथा पुरुषोत्तम र चन्दन शाहीको जोडी जित प्राप्त गरेका छन् ।

यसका साथै महिला टिम इभेन्टसमा पुलिसले बाजी मा¥यो । पुलिसले एपिएफलाई ३–१ ले पराजित गर्दै स्वर्ण पदकमा कब्जा जमाउन सफल भएको छ । एफिएफले रजत र तेस्रो स्थानमा आर्मी र मध्यमाञ्चलले कास्य पदक प्राप्त गरेका छन् ।

यसै विधाको पुरुषतर्फको खेलमा पनि पुलिसले जित हात पारेका छन् । पुलिसले एपिएफलाई ३–१ ले पराजित गर्दै स्वर्ण सङ्ख्यालाई वृद्धि गरेको छ । एपिएफले रजत र मध्यमाञ्चल र पूर्वाञ्चलले कास्य पदक प्राप्त गरेका छन् ।

मिक्स डबल्सतर्फको खेलमा पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी र दीप साउन र नविताको जोडी फाइनल प्रवेश गरेका छन् । स्यान्टु र एलिनाको जोडीले सेमिफाइनलमा आर्मीका कृष्ण र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–७ले तथा दीप र नविताको जोडीले एपिएफका पुरुषोत्तम र सोनुको जोडीलाई ६–११, ११–४, ११–४, ८–११ र ११–८ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् । रासस

वि.सं.२०७३ पुस १० आइतवार १२:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८...

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको...

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल...

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो...