back
CTIZAN AD

टेबलटेनिसमा महिलातर्फ आर्मी र पुरुषतर्फ पुलिसलाई स्वर्ण

वि.सं.२०७३ पुस १० आइतवार

900 

shares

१० पुस,विराटनगर  । सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज विराटनगरस्थित रङ्गशालाको कभर्डहलमा सम्पन्न टेबलटेनिसको महिला जोडीतर्फको खेलमा आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक प्राप्त गरेका छन् ।

रविना र स्वेच्छाको जोडीले पुलिसका नविता र एलिना महर्जनको जोडीलाई अन्तिम खेलमा ७–११, ११–७, ११–६, ७–११ र ११–३ ले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् ।

प्रतियोगितामा एपिएफका शेलिषा र सोनु तथा आर्मीका दिक्षा र सिक्काको जोडीले कास्य पदकमा चित्त बुझाएका छन् ।

त्यस्तै पुरुष जोडीतर्फ पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडीमाथि ११–९, ११–९, ३–११ र ११–९ को जित हात पार्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । तेस्रो स्थानमा पुलिसका दीप साउन र स्यान्टु श्रेष्ठ तथा पुरुषोत्तम र चन्दन शाहीको जोडी जित प्राप्त गरेका छन् ।

यसका साथै महिला टिम इभेन्टसमा पुलिसले बाजी मा¥यो । पुलिसले एपिएफलाई ३–१ ले पराजित गर्दै स्वर्ण पदकमा कब्जा जमाउन सफल भएको छ । एफिएफले रजत र तेस्रो स्थानमा आर्मी र मध्यमाञ्चलले कास्य पदक प्राप्त गरेका छन् ।

यसै विधाको पुरुषतर्फको खेलमा पनि पुलिसले जित हात पारेका छन् । पुलिसले एपिएफलाई ३–१ ले पराजित गर्दै स्वर्ण सङ्ख्यालाई वृद्धि गरेको छ । एपिएफले रजत र मध्यमाञ्चल र पूर्वाञ्चलले कास्य पदक प्राप्त गरेका छन् ।

मिक्स डबल्सतर्फको खेलमा पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी र दीप साउन र नविताको जोडी फाइनल प्रवेश गरेका छन् । स्यान्टु र एलिनाको जोडीले सेमिफाइनलमा आर्मीका कृष्ण र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–७ले तथा दीप र नविताको जोडीले एपिएफका पुरुषोत्तम र सोनुको जोडीलाई ६–११, ११–४, ११–४, ८–११ र ११–८ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् । रासस

वि.सं.२०७३ पुस १० आइतवार १२:२५ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...