back
CTIZAN AD

सङ्खुवासभा काँग्रेस सभापतिमा गोला प्रथाबाट श्रेष्ठ छानिए

वि.सं.२०७३ पुस १० आइतवार

918 

shares

 १० पुस, काठमाडौँ । नेपाली काँग्रेस सङ्खुवासभा जिल्ला समितिको सभापतिमा गोला प्रथाबाट दिपीनकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

विसं २०७२ माघ २५ गते भएको सङ्खुवासभा काँग्रेस जिल्ला कार्यसमितिको निर्वाचनमा दिपीनकुमार श्रेष्ठ र पासाङ शेर्पाले बराबर मत प्राप्त गरेपछि हालसम्म सभापतिको छिनोफानो हुन सकेको थिएन ।

केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन निर्देशिका २०७२ को २ (झ) बमोजिम दुवै प्रत्यासीमध्येबाट गोलाप्रथाद्वारा निर्वाचन परिणाम घोषणा गरेको समिति सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

समितिले यसअघि गत मङ्सिर २२ गते बराबरी मत प्राप्त गर्ने दुवै प्रत्यासीमध्येबाट गोलाप्रथाद्वारा टुङ्गो लगाउन दुवैलाई पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको रोहवरमा प्रत्यासी शेर्पाका प्रतिनिधि श्यामसुन्दर शेर्पा र श्रेष्ठको प्रतिनिधिसमेत नभएकाले समिति सचिव जगन्नाथ श्रेष्ठले गोला तान्नुभएको थियो । रासस

वि.सं.२०७३ पुस १० आइतवार १२:२६ मा प्रकाशित

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...