back
CTIZAN AD

सात स्वर्णसहित सेना पहिलो स्थानमा

वि.सं.२०७३ पुस ११ सोमवार

957 

shares

११ पुस, झापा । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धुलाबारीमा आइतबार दोस्रो दिन जुडो खेलमा नौ वटा स्वर्ण पदकको छिनोफानो भएको छ ।

नेपाली सेनाले पाँच, नेपाल प्रहरीले तीन तथा मध्यपश्चिमले एउटा स्वर्ण पदक जितको छ । हालसम्म छिनोफानो भएका १८ स्वर्ण पदकमध्ये सेना सात स्वर्ण पदकसहित अग्रस्थानमा रहेको छ । यस्तै मध्यमाञ्चल पाँच स्वर्णसहित दोस्रो स्थानमा तथा नेपाल प्रहरी तीन स्वर्ण हात पार्दै तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र आयोजक पूर्वाञ्चलले एक–एक स्वर्णमा चित्त बुझाएका छन् ।

आइतबार सम्पन्न खेलमा नेपाली सेनाका लागि ५२ किलोमुनिको तौलमा लीला अधिकारी, ६३ किलोमुनिको तौलमा फूपु ल्हामू खत्री, ७८ किलोमुनिमा पुनम चौधरी, ५० किलोमुनिमा तिलकबहादुर देउजा तथा ६० किलोमुनिको तौलमा सुदिप बोहराले स्वर्ण पदक जित्नुभयो ।

यस्तै नेपाल प्रहरीका सञ्जित डङ्गोलले ७३ किलोमुनिको तौलमा, श्रीराम मकाजुले ९० किलोमुनितर्फ र राजन जोशीले १०० किलो तौलभन्दा बढी तौलमा स्वर्ण पदक जित्नुभयो । मध्यपश्चिमका लागि एक मात्र स्वर्ण ४४ किलोमुनिको तौलमा सोनु भट्टले जित्नुभयो ।

 जुडो खेलमा महिलातर्फ ४४ किलोमुनिको तौलमा पश्चिमाञ्चलका सोमिया तामाङले रजत तथा सुदूरपश्चिमका विमला महत र नेपाली सेनाका सुमित्रा राईले कास्य पदक जिते । ५२ किलोमुनि तौलमा प्रहरीका दिलकुमारी छत्यालले रजत तथा सशस्त्र प्रहरीका देविका खड्का र कविता नेपालीले कास्य पदक प्राप्त गर्नुभयो ।

यस्तै, ६३ किलोमुनि तौलमा प्रहरीका निशा चौधरीले रजत तथा मध्यपश्चिमका दिलमाया ऐरी र आयोजक पूर्वाञ्चलका दिलकुमारी सिजालीले कास्य पदक जित्नुभएको छ । ७८ किलोमुनिको तौलमा पूर्वाञ्चलका बबिता चौधरीले रजत तथा प्रहरीका भावना घर्तीमगर र कृष्णा राईदासले कास्य पदकमा चित्त बुझाए ।

यसैगरी पुरुषतर्फ ५० किलोमुनिको तौलमा पश्चिमाञ्चलका मनोज आचार्यले रजत तथा सशस्त्र प्रहरीका सन्तोष विष्ट र मध्यपश्चिमाञ्चलका चव्रmबहादुर रोक्काले कास्य पदक प्राप्त गरेका छन् ।

७० किलोमुनिको तौलमा प्रहरीका उमेश मगरले रजत तथा पूर्वाञ्चलका विकास भुजेल र दिनेश मगरले कास्य पदक जितेका छन् । यस्तै ७३ किलोमुनिको तौलमा मध्यमाञ्चलका रामबहादुर तामाङले रजत तथा प्रहरीका निर्दाेष चलाउने र सेनाका जगतबहादुर सारुले कास्य हात पारे । ९० किलोमुनितर्फ पश्चिमााञ्चलका सञ्जय महर्जनले रजत तथा सेनाका सूर्यमान लामा र सुदूरपश्चिमका चन्द्रप्रसाद चौधरीले कास्य जिते ।

यसैगरी १०० किलो बढी तौलमा सेनाका कुलमान तामाङले रजत तथा पूर्वाञ्चलका बच्चुलाल चौधरी र सुदूरपश्चिमका आशिष ओझाले कास्य पदक प्राप्त गरेका छन् । विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, नेपाल जुडो सङ्घका केन्द्रीय अध्यक्ष दीपक बज्राचार्यलगायतले मेडल वितरण गर्नुभएको थियो ।

वि.सं.२०७३ पुस ११ सोमवार ०२:५३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...