back
CTIZAN AD

रुकुम घटना छनविन गर्न संसदीय छानबिन समिति गठन हुने

वि.सं.२०७७ जेठ २३ शुक्रवार

783 

shares

२३ जेठ, काठमाण्डौं । छ जनाको ज्यान जाने गरी रुकुम(पश्चिम(को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक प्रमुख प्रतिपक्षी दलले सो घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको र अन्य राजनीतिक दलले समेत सो विषयलाई प्रमुखताका साथ उठाएकाले समिति गठन गरिने जानकारी दिएका छन् ।

सो घटनाका सम्बन्धमा अघिल्ला बैठकमा पनि कुरा उठेकाले त्यसलाई सम्बोधन गर्न तथा उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलसँग आवश्यक छलफलपछि प्रतिनिधिसभा नियमावली, २०७५, नियम १७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने भएको हो ।

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रुकुम (पश्चिम) घटनाको निष्पक्ष छानबिन गर्न सर्वदलीय संसदीय छानबिन समितिको गठन गर्न पुनः माग गरेको थियो । बैठकमा समय माग गरेर काँग्रेस सचेतक पुष्पा भुसालले सो घटनाका सम्बन्धमा सरकारका तर्फबाट प्रभावकारी छानबिन हुनेमा आशङ्का देखिएको जनाउँदै संसदीय छानबिन जरुरी रहेको बताएकी थिइन् ।

घटनाको अनुसन्धानलाई सरकारका तर्फबाट प्रभावित बनाउने र हल्का बनाउने ढङ्गबाट राज्यको अभिव्यक्ति आएको आरोप लगाउँदै उनले भनिन् “घटनामा अपराध मात्र भएको छैन, मानावताविरुद्धको गम्भीर अपराध भएको छ, जातीय विभेद अन्त्य गर्न कानून बनायौँ तर यस घटनाले परिवर्तनकामी समुदायमा अन्याय गरेको छ ।” यही जेठ १० गते जाजरकोट र रुकुम(पश्चिम)का स्थानीयवासीबीच विवाद हुँदा उक्त घटना भएको थियो ।

बैठकमा सांसदद्वय सरिता गिरी र अमृता अग्रहरीले केही दिनअघि सदनमा सांसद गंगा चौधरीले दिएको वक्तव्यले आफूहरुको अपमान भएको जनाउँदै चौधरीले माफी माग्नुपर्ने बताएका थिए । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन, २०७७’ पेश गरेकी थिइन् ।

वि.सं.२०७७ जेठ २३ शुक्रवार १३:२५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...