back
CTIZAN AD

स्थानीय र पश्चिमी वायुको प्रभाव, आज र भोली दुई दिन वर्षा हुने

वि.सं.२०७७ जेठ २३ शुक्रवार

774 

shares

२३ जेठ, काठमाण्डौं । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ ।

यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको े मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र वाग्मती प्रदेशभरि तथा प्रदेश नं ५ का अधिकांश भूभागमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, २, ५, वागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार प्रदेश १, २, वाग्मती, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, कर्णाली प्रदेश र प्रदेश नं ५ मा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वि.सं.२०७७ जेठ २३ शुक्रवार १३:१५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...