back
CTIZAN AD

विदेशबाट अलपत्र नागरिकको उद्धार सुरु, पहिलो लटमा म्यानमारबाट २६ नेपाली काठमाण्डौं उत्रिए

वि.सं.२०७७ जेठ २३ शुक्रवार

573 

shares

२३ जेठ, काठमाण्डौं । कोरोनाको विश्वव्यापी महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धार कार्य सुरु भएको छ ।

कोरोना महामारी रोकथाम, नियन्त्रण प्रतिकार्यका लागि गठित ‘कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) को संयोजनमा सुरु भएको उद्धार कार्यमा आज शुक्रबार पहिलो लटमा म्यानमारमा अलपत्र परेका २६ नेपालीलाई नेपाल ल्याइएको हो ।

उनीहरुलाई म्यानमारी सेनाको एयरफोर्सले काठमाण्डौं ल्याइ पुर्याएको हो भने उनीहरुलाई सेनाको स्कर्टिङमा बसुन्धरास्थित पार्टी प्यालेसमा लगेर राखिने र विशेष सुरक्षा तथा सर्तकतासहित होम क्वारेन्टिनमा बस्ने गरी पठाइने बताइएको छ ।

आजै युएईबाट पनि नेपाली ल्याउने सरकारको तयारी अनुसार १२ बजे त्रिभुवन विमानस्थलमा विमान उत्रने बताइए पनि प्राविधिक कारणले युएईबाट बिमान उड्न ढिला भएकोले दिनको ३ बजेतिर उक्त विमान आइपुग्ने बताइएको छ । उनीहरुमा अधिकांशको कोरोना परीक्षण नगरिएकाले नेपाली सेनाको संयोजनमा उनीहरुलाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाईएको बताएको छ । साथै उनीहरु होटलको क्वारेन्टाइनमा बस्न चाहेमा त्यसको पनि व्यवस्था गरिने सेनाले जनाएको छ । उक्त क्वारेन्टाइनको अवधि १४ दिनको हुनेछ ।

विदेशबाट उद्धार गरेर ल्याइएकाहरुलाई उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा राखेर सम्बन्धीत प्रदेशमा रहेको क्वारेन्टाइनमा राख्ने सरकारले तयारी गरेको छ । सरकारले विदेशबाट उद्धार गरिएकाहरुलाई आउदा साथ राख्नका लागि काठमाण्डौं, भक्तपुर र ललितपुरका विभिन्न पार्टी प्यालेसमा २९ सय जना सम्म राख्न मिल्ने गरी होल्डिङ सेन्टरको तयारी गरेको बताइएको छ ।

वि.सं.२०७७ जेठ २३ शुक्रवार १३:०३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...